स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका सरकारी स्वास्थ्य संस्थामा हुने आर्थिक अनियमितता नीतिगत भष्ट्राचारको जालो छताछुल्ल भएको छ । प्रशासनिक अधिकारलाई हेर्ने हो भने मन्त्रालयमा सचिवनै मुख्य मानिन्छ । मन्त्रालय र मातहतका कार्यालयको नीति निर्मातानै सचिव हुने र सचिवको निर्देशननै अन्तिम हुने अवस्थामा जब सचिव माथिनै बिभिन्न अभियोजन लाग्छ त्यस पछी त् मातहतका कर्मचारी समेत फुक्काफाल हुने गर्दछन । यस्तै भएको छ बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा समेत ।
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले सार्वजनिक कार्यक्रममा मात्र नभई मन्त्रालय मातहतका सचिव देखि कर्मचारी सम्मलाई मन्त्रालय अन्तर्गत हुने काम कारवाहीलाई छिटो छरितो प्रभावकारी बनाउन पटक पटक निर्देशन दिएको भए पनि मन्त्रालयका कर्मचारी देखि विभिन्न सरकारी अस्पतालका प्रमुख समेतले बेवास्ता गर्दै आएको पाइएको छ । मन्त्री थापाले मन्त्रालय वा मन्त्रालय मातहतका सबै निकायले खरिद प्रक्रियालाई प्रभावकारी र पारदर्शिता बनाउन ई टेन्डर मार्फत काम गर्न निर्देशन दिएको भए पनि पछिल्लो समय ई टेन्डर मार्फत गरिएको खरिद प्रक्रिया समेत विवादित हुँदा अझै नीतिगत भष्ट्राचार हुने गरेको डर लाग्दो तथ्य बाहिरिएको छ । स्वास्थ्य सेवा बिभागले खरिद प्रक्रिया अगाडी बढाएको १५ करोडको आईरन फोलिका एसिड चक्की खरिद टेन्डर रद्ध भए संगै ई टेन्डर प्रक्रिया मार्फत पनि ठुलो आर्थिक घोटाला हुने तथ्य सार्वजनिक भएको छ ।
इ टेण्डर गर्दा सरोकार वाला निकायले आफ्ना बिचौलियालाई लक्षित गरि टेन्डर तयार गर्ने र उक्त टेन्डर प्रक्रियामा स्पेक लक् गर्ने गरेको पाइएको हो । स्वास्थ्य सेवा बिभागले इ टेन्डर मार्फत खरिद प्रक्रिया अगाडी बढाएको आईरन फोलिक एसिड चक्की खरिद प्रक्रिया रद्ध भए पछी मन्त्री थापाले सबै खरिद प्रक्रिया इ टेन्डर मार्फत गर्न लिएको नीति कर्मचारीकै कारण फेला हुन् सक्ने आशंका गरिएको छ । यद्दपी मन्त्री थापाको निर्णयले सार्थकता पाउन सके स्वास्थ्य संस्थामा हुने नीतिगत भष्ट्राचार न्यूनीकरण हुने अपेक्षा राखिएको छ ।
स्वास्थ्य मन्त्रालय वा सो मातहतका कार्यालयमा हुने नीतिगत भष्ट्राचारको जालो अख्तियारको फन्दामा पर्दै गएको अवस्थामा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमा कार्यरत सचिव डाक्टर सुमित्रा गौतमले पदीय दुरुपयोग गरि आर्थिक अपचलन गरेको नीतिगत भष्ट्राचार गरेको आरोप सहित उनि माथि दर्जन बढी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनको प्रक्रियामा रहेको अवस्थामा कार्तिक ३० गते पुन बिशेष प्रमाणका आधारमा स्वास्थ्य व्यवसायी संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दायर गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर गौतमले भक्तपुर अस्पतालमा प्रमुख हुँदा नीतिगत भष्ट्राचार गरेको आरोप सहित अख्तियारमा उजुरी गरेको हो । गौतम भक्तपुर अस्पतालको प्रमुख हुँदा खरिद गरिएको सिटि स्क्यान मेसिनमा भष्ट्राचार गरेको आरोप सहित उजुरी परेको संघका कार्यालय सचिव माधब पौडेलले बताए । कार्यालय सचिव पौडेलका अनुसार भक्तपुर अस्पतालको प्रमुख हुँदा डाक्टर गौतमले खरिद गरेको सिटि स्क्यान मेसिन हाल चालु अवस्थामा रहेको भए पनि उक्त मेसिन खरिद गर्दा प्रक्रियानै पुरा नगरी प्रमुख गौतमले खरिद कर्ता सप्लायर्सलाई पूर्ण भुक्तानी दिएको र कमिसन बुझेको आरोप लगाए । उक्त मिसिन खरिद पश्चात टेन्डरको स्पेक अनुसारको मेसिन भए नभएको प्राविधिक रिपोर्ट प्राप्त नहुदै पुरा भुक्तानी दिनु नीतिगत भष्ट्राचार भएको उजुरीमा उल्लेख भएको छ ।
त्यस्तै उजुरीमा सचिव गौतमको आदेश टिप्पणी अनुसार ५० बेडमा संचालन भएको टोखा अस्पतालमा १० औं तहको २ जना कन्सल्टेन्ट डाक्टर थपना राखी १०० बेडमा संचालित भक्तपुर अस्पतालमा ९ औं तहको आफु निकट डाक्टरलाई प्रमुख बनाएको आरोप समेत उजुरीमा समाबेश भएको पाइएको छ ।
केहि साता अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयका पुर्व निमित्त सचिव संगीता कौशल मिश्रलाई दायर गरेको मुद्धाकै नजिर बस्ने गरि बागमती प्रदेश स्वास्थ्य सचिव सुमित्रा गौतमले भक्तपुर अस्पतालको प्रमुख हुँदा खरिद गरेको सिटि स्क्यान मेसिन समेत पीडीआई नगरी भुक्तानी गरेको देखिंदा कौशलको नजिर गर्दै गौतमलाई कारवाही गर्नु पर्ने उजुरीमा जिकिर गरिएको छ । उक्त सिटि स्क्यान मेसिन खरिद गर्ने लुम्बिनी हेल्थ केयर / युनाइटेड इमार्जिंग कम्पनिले सम्पूर्ण सामान खरिद नगरी पुरा भुक्तानी लागेको स्रोतले बताएको छ । सप्लायर्सले एसी रुम निर्माण युपीसी मेशिन प्रिन्टर लगायतका सामाग्री उपलब्धनै नगराई सचिव गौतमले हतार हतारमा भुक्तानी गरेको स्रोतको दाबि रहेको छ ।
यता स्वास्थ्य सचिव गौतम भने आफुले सबै काम पार्दशिताका साथ गरेको र आफुले गरेको कामको इष्या गर्ने हरुले दुख दिने काम गरेको बताउछिन । आफुले कुनै पनि भष्ट्राचार नगरेका कारण प्रमाणित भए राज्यको जुन सुकै सजाय भोग्न पनि तयार रहेको उनको तर्क रहेको थियो ।










प्रतिक्रिया