मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरू रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइ सहितका नेताहरू सर्वोच्च पुगेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध आफूहरू सर्वोच्चमा रिट लिएर आइपुगेको मधेस प्रदेशको काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले बताए ।
मधेश प्रदेश सरकार गठनको बिषयमा विवाद चुलिंदै गएको अवस्थामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासको पानस होटलमा नेकपा एमालेका प्रदेश सांसद सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरि सपथ खुवाएकी थिइन् । मुख्यमन्त्री नियुक्तिको बिषय विवादास्पद भए पछी प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गरिएको छ ।










प्रतिक्रिया