स्वास्थ्य क्षेत्रमा हुँदै आएको आर्थिक अनियमितता देखि खरिद प्रक्रियाको सेटिङको जालो धुजा-धुजा बनाएको स्वास्थ्य व्यवसायी संघको पछिल्लो गतिविधिले स्वास्थ्य मन्त्रालय देखि स्वास्थ्य संग सरोकार राख्ने कार्यालय निर्देशनालयका भ्रष्ट कर्मचारीको निदहराम भएको पाइएको छ ।
स्वास्थ्य क्षेत्रमा पारदर्शिताको खडेरी परेको समयमा स्वास्थ्य व्यवसायी संघले स्वास्थ्य क्षेत्रका हरेक गतिविधिमा प्रश्न खडा गरे पछी त्यस्ता कर्मचारीको कमाई धन्दानै चौपट भएको बताइन्छ । स्वास्थ्य व्यवसायी संघले स्वास्थ्य मन्त्रालय देखि विभागमा रहेका सचिव देखि महानिर्देशक सम्मका कर्मचारीको दैनिकी काम कारवाहीलाई नजिकबाट नियाली रहेको कारण पनि भ्रष्ट कर्मचारीको निदहराम भएको स्वास्थ्य ब्यबसायी संघले बताएको छ ।
मन्त्रालयमा हुने आर्थिक अनियमितता भष्ट्राचारको बिषयमा स्वास्थ्य ब्यबसायी संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखि सम्पती शुद्धीकरण आयोग सम्म उजुर बाजुर गर्ने गरेको कारण पनि भ्रष्ट कर्मचारी ससंकित हुने गरेको पाइएको छ ।
स्वास्थ्य ब्यबसायी संघले स्वास्थ्य क्षेत्रमा हुने गरेको सेटिङको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहारे पछी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव संगीता कौशल मिश्रको सचिव पद नै धराप भएको थियो भने उनै मिश्र जेनजी आन्दोलन पछिको सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सपथ अगाडी मन्त्री पदनै लिलाम भएको थियो ।
स्वास्थ्य ब्यबसायी संघले पछिल्लो समय प्रदेशका स्वास्थ्य सचिव महाशाखा प्रमुख आपूर्ति केन्द्रका निर्देशक देखि स्वास्थ्य सेवा बिभागका भ्रष्ट कर्मचारीको सेटिङको बिषयमा समेत चासो राख्दै तथ्य र प्रमाण सहित अख्तियार कार्यालयमा उजुरी गरेको बताएको छ । स्वास्थ्य व्यवसायी संघले स्वास्थ्य सेवा बिभागले खरिद गर्ने गरि अन्तिम तयारि गरेको आईरन पालिक एसिड चक्की खरिद प्रकियामा सेटिङ भएको भन्दै डेलिगेसन गए पछी अन्तत १५ करोड बरावरको उक्त टेन्डर रद्ध भएको छ भने उक्त टेण्डर रद्ध हुँदा मन्त्रालयका सचिव बिकाश देबकोटा देखि औषधी खरिद गर्ने तयारीमा रहेका बिचौलिया ब्यबसायी समेतको भागाभाग भएको छ ।










प्रतिक्रिया