नेपाली कांग्रेसकि प्रभावसाली नेतृ कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै यो समय दोष र आरोप प्रत्यारोप लगाउने समय नभएको बताएकी हुन् ।
कांग्रेस भित्र बिधि र पद्धतिको वकालत गर्ने प्रखर बक्ताको छवी बनाएकी डिनाले नेपालि कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा जारि बैठकमा आफ्नो धारणा व्यक्त गरेकी थिइन् ।
केन्द्रीय समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले आवश्यक तयारी नगरी महाधिवेशनबारे विवाद गरिरहँदा पार्टीको संस्थागत छवि धमिलिन पुगेको बताएकी छन् । उनले जेनजी आन्दोलनले नेपाली कांग्रेसको अवधारणालाई ऐतिहासिक परिवर्तनको मोडमा खडा गरेको बताईंन ।
जेनजी आन्दोलन र त्यस पछिको परिस्थितिबाट आएको सन्देश सदैव सतर्क र सचेत रहन ध्यानाकर्षण पनि गराएको बताईंन । नेपालको लोकतान्त्रिक यात्रामा नेपाली कांग्रेस सधैं जनताको भावना, आकांक्षा र अधिकारका लागि अग्रपंक्तिमा रहँदै आएको पार्टी हो । यही कारणले कांग्रेस जनतामुखी र विचारकेन्द्रित राजनीतिक शक्तिको रूपमा स्थापित हुन सफल हुनसकेको छ। तर, पछिल्ला केही वर्षयता हाम्रो पार्टीभित्र केही चुनौतीपूर्ण प्रवृत्तिहरू मौलाउँदै गएको देखिन्छ।
पार्टीभित्रको चरम व्यक्तिवादी चरीत्र, आफ्नै पद र शक्तिमा जकडिन खोज्ने प्रवृत्ति, अंहमता, र आर्थिक लाभप्रतिको आकर्षण जस्ता व्यवहारहरूले हाम्रो संगठनात्मक शुद्धता र सामूहिकतामा प्रतिकूल असर पारिरहेका छन्। यी प्रवृत्तिहरूले कांग्रेसको ऐतिहासिक मूल्य, आदर्श, र जनताको सेवा गर्ने चरित्रलाई क्रमशः कमजोर पार्दै लगेको वर्तमान अवस्थामा सबैजना एक ढिक्का भएर लाग्नु पर्ने उनको भनाई रहेको थियो ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले महाधिवेशनसम्बन्धी विवादले जनमानसमा नकारात्मक प्रभाव छरिँदा संगठनलाई कमजोर देखाउने मौका अरूले पाइरहेको बताइन् ।
‘अधिवेशनका लागि आवश्यक पूर्वकार्य सुरु नगरी बाहिर पार्टी विवादग्रस्त छ भन्ने सन्देश प्रवाह गर्नुले हाम्रो संस्थागत छवि धमिलिन पुगेको र नकारात्मक प्रभाव जनमानसमा छरिएको र संगठनलाई कमजोर देखाउने मौका पाइरहेका छन्,’ उपाध्यायले भनिन् । उनले अहिलेको समय दोष खोज्ने र धार बनाउने नभएर जिम्मेवारी लिने र काम सुरु गर्ने समय भएको बताइन् । अधिवेशन केवल प्रक्रियागत अभ्यास नभएर लोकतान्त्रिक प्रतिबद्धता र पार्टीलाई सुदृढ गर्ने अवसर भएको उनले बताइन् ।
‘अब दोष खोज्ने वा धार बनाउने होइन, जिम्मेवारी लिन र काम सुरु गर्ने समय हो । अधिवेशन केवल प्रक्रियागत अभ्यास होइन, यो हाम्रो लोकतान्त्रिक प्रतिबद्धता र पार्टीलाई सुदृढ गर्ने अवसर पनि हो,’ उपाध्यायले भनिन्, ‘हामी सबै मिलेर स्पष्ट निर्णयमा पुगौँ, आवश्यक तयारी आरम्भ गरौँ, र कांग्रेसलाई फेरि जनविश्वासको केन्द्र बनाउन प्रतिबद्ध बनौँ ।’सहमहामन्त्री उपाध्यायले लोकतान्त्रिक प्रणालीको मेरुदण्ड नै स्वतन्त्र निर्वाचन भएको जिकिर गर्दै निर्वाचन कार्यान्वयनका पक्षमा ठोस योजना बनाउन आवश्यक रहेको बताइन् ।
कांग्रेसमा उम्मेदवार छनोटदेखि नीति सन्देश, जनसम्पर्क, संगठन सुदृढीकरण र मतदाताको विश्वास पुनः प्राप्त गर्नेसम्मका सबै पक्षमा स्पष्ट कार्ययोजना आवश्यक रहको उपाध्यायको भनाइ थियो । हामीले यस विषयमा गम्भीर विचार–विमर्श गर्नुपर्छ । किन भने यो केवल पार्टीको प्रतिस्पर्धा होइन, देशको लोकतान्त्रिक स्थायित्वसँग जोडिएको प्रक्रिया हो । अबको चुनौती नै यही हो,’ उपाध्यायले भनिन्, ‘कसरी कांग्रेसले आगामी निर्वाचनलाई अवसरका रूपमा उपयोग गरी, जनतामा पुनः विश्वास, ऊर्जा र आशा जगाउनका लागि तयारी आजैदेखि सुरु गरौँ ।’
सहमहामन्त्री डिनाले केन्द्रीय समितिको बैठकमा उल्लेख गरिन “पदाधिकारी वैठक २२ गते विहान हामिलाई पनि (सहमहामन्त्री लगायत ) र शिर्ष नेतृत्वलाई वोलाईएको थियो । सभापतिज्यु अनभिज्ञ हुनुहुन्थ्यो भन्दै हुनुहुन्थ्यो प्रततिवन्ध होईन सरकारले दर्ता गर भनेको हो । केहि हुदैन भन्ने उहाँको भर्सन थियो ।
मलाई लाग्गो उहाँलाई सुचनावाट वन्चित गरेको रहेछ । म छिट्टै निस्के र मिडियाले सोध्दा सामाजीक सन्जाल प्रतिवन्ध गलत हो भने ।सुचना हामिलाईपनि थियो तर सुनिएन । सरकार सञ्चालनका लागी वनेको संयन्त्रमा को को वसेर नेपाली काङ्रेसको नीतिगत निर्णय र कार्यान्वयनका प्रक्रियामा काम गर्नु भयो आत्म समिक्षा र स्वमुल्याङकन गरौ म म भनौ, केवल ४/५ जना र केहि मन परेका सल्लाहकार वाट चलेको थियो । आफ्ना सवै काम गराउने अनि अहिले समस्या पर्दा पानि माथिको ओभानो हुदै आजको अवस्थाको सम्पूर्ण जिम्मेवारी केवल सभापतिमाथि केन्द्रित गर्नु सन्तुलित मूल्याङ्कन होईन गलत हो। किनभने त्यो बेला पनि निर्णय र कार्यान्वयनमा केहि व्यत्तीहरूको प्रभावकारी भुमिका थियो।
त्यसैले, म यो भनिरहेकी छु—हामीले दोषारोपण होइन, वास्तविकता के हो र सुधारको लागी त्याग गर्न जरूरी छ । सामुहिक जिम्मेवारी र पारदर्शिताको संस्कृति बलियो बनाउँदै, सहकार्य र विश्वासका माध्यमबाट मात्रै हामी पार्टी लाई पुनः प्रभावकारी बनाउन सक्छौं।आजको आवश्यकता भनेको पार्टीभित्रै आशा जगाउने र नवजीवन दिन सक्ने निर्णय लिनु पर्दछ । हामीले व्यक्तिगत स्वार्थभन्दा माथि उठी सामूहिक जिम्मेवारी, नीतिगत स्पष्टता, र जनताको मूल लक्ष्यप्रति पुनः प्रतिबद्ध हुन जरुरी छ।यदि नेपाली कांग्रेसले आफ्नो गौरवशाली इतिहास, लोकतान्त्रिक आदर्श र जनताको विश्वासलाई पुनर्स्थापित गर्न चाहन्छ भने—हामी सबैले एकताबद्ध भएर आन्तरिक सुधार, हाम्रा मूल्य, मान्यताको संरक्षण र नयाँ पुस्तासँग सहकार्य गर्नैपर्छ।
यदि हामी सबैले एकअर्काको भूमिकाको सम्मान गर्दै सामूहिक उत्तरदायित्व स्वीकार्य बनायौं भने—कांग्रेस पुनः आफ्नो पुरानो जनविश्वास र गौरवशाली भूमिकामा फर्कन सक्नेछ।










प्रतिक्रिया