भष्ट्र सचिवको चेपुवामा काम गर्न नसकिने भन्दै महानिर्देशकले दिए राजिनामा

राजिनामा

भष्ट्र सचिवको चेपुवामा काम गर्न नसकिने भन्दै महानिर्देशकले दिए राजिनामा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२१ कार्तिक २०८२, ०३:५३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२१ कार्तिक २०८२, ०३:५३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा बिभाग टेकुका महानिर्देशक डाक्टर टंक प्रसाद बाराकोटीले महानिर्देशक पद बाट राजिनामा दिएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको हो ।

स्वास्थ्य क्षेत्रमा इमान्दार छवी बनाएका विवाद रहित काविल कर्मचारीको रुपमा परिचय बनाएका बाराकोटीले स्वास्थ्य मन्त्रालयका भष्ट्र सचिव डाक्टर बिकास देबकोटाको कारण राजिनामा दिएको गोप्य स्रोतले बताएको छ ।

मन्त्रालयका सचिव देबकोटाले आफु निकटका व्यक्तिलाई प्रयोग गरि बिभिन्न औषधी तथा स्वास्थ्य उपकरण खरिद कार्यमा करोडौ अनियमियता हुने गरि बोलपत्र प्रकाशन गरेको र डाक्टर बाराकोटीले उक्त टेन्डर बैधानिक नभएको भनि खारेज गरे पछी डाक्टर देबकोटाले बाराकोटी माथि प्रेसर दिने गरेको बिभागका कर्मचारीले बताएका छन । मन्त्रालयका सचिव देबकोटाले अईरान फोलिक एसिड चक्की खरिदमा करोडौ घोटाला हुने गरि काम गरेको र उक्त कामको नीतिगत जिम्मेवारी स्वास्थ्य सेवा बिभागको हुने देखिएको कारण भस्ट सविच सँग काम गर्न नसकिने भएर बाराकोटीले राजिनामा दिएको हुन् सक्ने स्रोतको बुझाई रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बिकास देबकोटाले स्वास्थ्य सेवा बिभागमा आफु निकट कर्मचारी भर्ति गर्न थाले पछी स्वास्थ्य सेवा बिभागका महानिर्देशक बाराकोटीले राजिनामा दिएको सुनिएको छ । डाक्टर देबकोटाले स्वास्थ्य सेवा बिभाग अन्तर्गत व्यवस्थापन महाशाखामा विवादित व्यक्ति केशबराज पण्डितलाई महाशाखा प्रमुख बनाएर ल्याएको आरोप बिभागका कर्मचारीले लगाएका छन ।

पछिल्लो समय मन्त्रालयका सचिव बिकास देबकोटाले सेटिङमा गरेका टेन्डर बाराकोटीले रद्ध गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका सचिव देखि कर्मचारी सम्ममा हस्तक्षेप् नगर्ने हो भने स्वास्थ्य क्षेत्रका माफियाले स्वास्थ्य क्षेत्रकै बदनाम गर्ने देखिएको छ । महानिर्देशक बाराकोटीले स्वास्थ्य मन्त्रालयमा राजिनामा बुझाएको स्रोतको दाबि रहेको छ । बाराकोटीले मन्त्रालयमा राजिनामा बुझाएको बिषयमा प्रतिक्रिया लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सुचना अधिकारि भक्त बहादुर के.सी लाई ९८५१३६३७५६ मा टेलिफोन सम्पर्क गर्दा उनले फोन रिशिभ गरेनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस