सेटिङ मास्टर रायमाझी व्यवस्थापन बाट सेवामा फालिए

अदली-बदलि

सेटिङ मास्टर रायमाझी व्यवस्थापन बाट सेवामा फालिए

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ कार्तिक २०८२, ०८:५७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ कार्तिक २०८२, ०८:५७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहि कर्मचारीको जिम्मेवारी अदली-बदलि गरेको छ । स्वास्थ्य क्षेत्रमा हुने आर्थिक अनियमितता नीतिगत भष्ट्राचारको बिषयमा संचार माध्यममा समाचार प्रकाशन भए पश्चात स्वास्थ्यका माथिल्लो तहका कर्मचारीको जिम्मेवारी फेरबादल गरिएको मन्त्रालय स्रोतले जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कमाई अड्डा भनेर चिनिने स्वास्थ्य व्यवस्थापन महाशाखामा कार्यरत निर्देशक पवनजंग रायमाझीलाई उक्त महाशाखाको निर्देशकबाट फालिएको छ । रायमाझी उक्त महाशाखाको निर्देशक हुँदा सेटिङ मास्टरको रुपमा चिनिएको भन्दै बिभिन्न संचार माध्यममा समाचार प्रकाशन भएको थियो । रायमाझीले आफु निकट व्यवसायी संग मिलेमत्तो गरि सेटिङमा काम गर्ने गरेको आरोप उनि माथि लाग्दै आएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अदली- बदलि गरेको जिम्मेवारी अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशक पदमा डा राधिका थपलियालाई जिम्मेवारी दिइएको छ । त्यसै गरि यसअघि कोशी प्रदेशको स्वास्थ्य सचिवबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फर्किएकी डा थपलियालाई मन्त्रालयले यसअघि नै केन्द्रमा पदस्थापन गरेको थियो । तर त्यहाँका निर्देशक केशवराज पण्डितलाई अन्यत्र नपठाएको कारण उनी मन्त्रालयमै हाजिर गरेर बसेकी थिईन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले सूचना केन्द्रका निर्देशक डा पण्डितलाई स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा सरुवा गर्दै डा थपलियालाई केन्द्रको निर्देशक पदमा जिम्मेवारी तोकेकी हुन् ।

पण्डित व्यवस्थापनमा गएपछि त्यहाँ निर्देशक रहेका डा पवनजंग रायमाझीलाई उपचारात्मक सेवा महाशाखामा ल्याइएको छ । सो महाशाखामा निर्देशक रहेकी डा सुधा देवकोटा डलेल्धुरा अस्पतालमा निर्देशक बनेर गएपछि पछिल्लो चार महिना देखि खाली थियो । यस्तै नारायणी अस्पतालका निर्देशक डा चुमनलाल दासलाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा जिम्मेवारी हेर-फेर गरेको र अन्य क्षेत्रमा कार्यरत स्वास्थ्यका कर्मचारी/ निर्देशकको समेत जिम्मेवारी हेर-फेर गर्ने तयारि गरेको मन्त्रालय स्रोतले जानकारी गराएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस