सहकारी तथा बैंकको आर्थिक हिनामिना गरेको आरोपमा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।
प्रभु बैकका अध्यक्ष समेत रहेका व्यवसायी भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी समेत परेको थियो । उनी सहकारी ठगी प्रकरणमा पनि मुछिएका थिए । भट्टचनले प्रभु बैकमा आफ्नो कार्यकाल सकिंदा समेत बैकको बिनियामावालीनै संसोधन गरेर आफुनै अध्यक्ष हुन् बैक संचालक समितिको माइन्युटनै परिवर्तन गरेको आरोप समेत उनि माथि लागेको थियो ।
एमाले सरकारमा हुँदा पहुँचकै आधारमा प्रभु ग्रुपमा हालीमुहाली गरेका भट्टचन एमाले सरकारबाट बाहिरीए संगै पक्राउ परेका हुन् । नेपालका बिभिन्न जिल्लामा संचालनमा रहेको प्रभु बैक मा कारोवार गरेका ग्रहाकहरु भट्टचन पक्राउ परे संगै बैकमा आफ्नो रकम सुरक्षित् गर्न लागेको समेत स्रोतले बताएको छ । भट्टचनले प्रभु बैकको समेत आर्थिक हिनामिना गरेको स्रोतको दावी रहेको छ ।
भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै जाहेरी दिएकी थिइन् । तर, उक्त जाहेरी लामो समय प्रहरी कार्यालयमा अलपत्र परेको थियो । एमाले भएकै कारण पक्राउ हुन् बाट जोगिएका भट्टचन अन्तत पक्राउ परेका हुन् । भट्टचन पक्राउ पश्चात प्रभु बैक समेत समस्यामा पर्ने जानकारहरु बताउछन । प्रभु बैकको के-कति रकम अपचालाना भएको भनि प्रभु बैकका निर्देशक अशोक सेरचनलाई टेलिफोन गर्दा फोन रिशिभ हुन सकेन ।










प्रतिक्रिया