बानियाँ निर्माण सेवाले अलपत्र पारेको बसपार्क कहिले बन्छ

मुख्यमन्त्रीको कम्पनीले अलपत्र पारेको ठेक्का

बानियाँ निर्माण सेवाले अलपत्र पारेको बसपार्क कहिले बन्छ

निर्माण सम्झौता हुँदा हालका मुख्यमन्त्रीनै थिए संचालक

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
९ कार्तिक २०८२, १०:२३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
९ कार्तिक २०८२, १०:२३

हेटौंडा उपमहानगरपालिकाको बजेटबाट निर्माण गर्ने गरि सुरु भएको हेटौंडा उपमहानगरपालिका १० बसपार्कमा निर्माण अलपत्र पारिएको बस पार्किङ र बस टर्मिनल कम्प्लेक्स ५ बर्ष बिती सक्दा पनि निर्माण कम्पनीले उक्त योजना सम्पन्न गर्न सकेको छैन ।

हेटौंडा उपमहानगरपालिकाको चौतिस करोड उनान्चास लाख सन्तानब्बे हजार सात सय चौरानब्बे रुपयाँमा निर्माण गर्ने गरि उक्त ठेक्का हालका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँको बानियाँ निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो ।

बानियाँ निर्माण सेवाले २०७७ साल पौष २४ गते उक्त ठेक्काको सम्झौता गरेको थियो भने उक्त बस पार्किङ एवं बस टर्मिनल कम्प्लेक्स २०७९ असार २१ गते सम्पन्न गरि हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो । बानियाँ निर्माण सेवाले उक्त बस टर्मिनल कम्प्लेक्स निर्माण गरि उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने मिति सकिएको पनि आज ३ बर्ष ३ महिना पुरा हुँदा सम्म उक्त योजना अलपत्र परेको पाइएको छ । जनताको कर बाट हुने यस्ता निर्माणकार्य समयमा सम्पन्न नहुँदा नागरिकले दुख झेल्नु परेको छ ।

हेटौंडा उपमहानगरपालिकाको बजेट बालुवामा पानि भने जस्तै भएको छ । पालिकाले ३४ करोड बढीको आयोजना समयमै सम्पन्न नहुँदा निर्माण कम्पनीलाई कुनै कारवाहीको दायरामा ल्याउन नसक्नुले पनि हेटौंडा उपमहानगरपालिका समेत जिम्मेवार हुन् नसकेको आरोप लाग्ने गरेको छ ।

निर्माण कम्पनि बानियाँ निर्माण सेवाले तोकिएको समय भन्दा तिन बर्ष बढी समय सम्म निर्माण कार्य सम्पन्न नगरी अलपत्र छोडेको छ । समयमै ठेक्का नसक्दा निर्माण कम्पनीलाई कालो सुचिमा राख्नु पर्ने कानुनि प्रावधान भए पनि हेटौंडा उपमहानगरपालिकाले भने यस बिषयमा कुनै प्रक्रिया अगाडी बढाउन सकेको छैन । पालिकाले हाल सम्म उक्त योजनाको काम कति भएको हो कति रकम निर्माण कम्पनीले भुक्तानी लागेको हो भन्ने बिषयमा समेत पटक-पटक सुचना माग गर्दा उपलब्ध गराउन सकेको छैन । पालिकाले सुचनानै लुकाएर निर्माण कम्पनीको पक्ष-पोषण गर्नु पर्ने के आइ लाग्यो पालिकानै जानकार होला ।

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँ उक्त निर्माण कम्पनि बानियाँ निर्माण सेवाको संचालक हुँदा सम्झौता गरिएको उक्त ठेक्का हाल उनै बानियाँ बागमती प्रदेश सरकारको मुख्यमन्त्री कायम छन । बानियाँ मुख्यमन्त्री बने पछी निर्माण ब्यबसायी संघ मकवानपुरले मुख्यमन्त्री बानियाँलाई गरेको स्वागत कार्यक्रममा ठेक्का सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्नु पर्ने उद्घोष उनै बानियाँले गरेका थिए भने सोहि कार्यक्रममा आफुले बानियाँ निर्माण सेवा तिन बर्ष अगाडीनै भाई भतिजालाई दिएको समेत बताएका थिए । यसर्थ हेटौंडा उपमहानगरपालिकाले निर्माण गर्ने  बस पार्किङ र बस टर्मिनल कम्प्लेक्स निर्माण ठेक्का सम्झौता २०७७ मा भएको कारण बानियाँ निर्माण सेवा को संचालक ईन्द्र बहादुर बानियाँनै थिए ।

हेटौंडा उपमहानगरपालिकाको चौतिस करोड उनान्चास लाख सन्तानब्बे हजार सात सय चौरानब्बे रुपयाँमा निर्माण गर्ने भनिएको बस पार्किङ र बस टर्मिनल कम्प्लेक्स खण्डहर जस्तै देखिएको छ । नगरपालिका स्रोतका अनुसार निर्माण कम्पनीले ठेक्का सम्झौता बापतको सबै रकम भुक्तानी पाई सकेको बताएको छ । हेटौंडा उपमहानगरपालिकाको भवन प्रबिधि महाशाखा प्रमुख सुबोध थापाका अनुसार निर्माण कम्पनीलाई तत्काल निर्माण कार्य सम्पन्न गर्न ताकेत गरेको जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाको ४७ करोड बढी बजेटमा निर्माण सम्झौता भएको हेटौंडा ४ हुप्रचौरमा बन्ने भनिएको ब्यबसायिक भवन समेत बानियाँ निर्माण सेवाले मोबिलाईजेशन रकम लिएर हाल सम्म काम भने गर्न सकेको छैन ।  निर्माण ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने सार्वजनिक उद्घोष गरेका बागमतीका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले के ठेक्का अलपत्र पार्ने बानियाँ निर्माण सेवालाई कारवाही गर्न सक्लान त् ?

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस