फरार प्रतिवादी अनिल पर्सामा परे पक्राउ

पक्राउ

फरार प्रतिवादी अनिल पर्सामा परे पक्राउ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१ कार्तिक २०८२, ११:०१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१ कार्तिक २०८२, ११:०१

जिल्ला प्रहरी कार्यालय पर्साले एक जना फरार प्रतिवादीलाई पक्राउ गरि जिल्ला अदाल बीरगंज बुझाएको छ ।

बैंकिङ्ग कसुर मुद्धाका फरार प्रतिवादी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १६ बस्ने अनिल कुमार साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारि हरि बहादुर बस्नेतले जानकारी दिनु भएको हो ।

सुचना अधिकारि बस्नेतका अनुसार फरार रहेका साहलाई जिल्ला अदालत बीरगंज पर्साले दुई वर्ष कैद र एक करोड बयानब्बे लाख चालिस हजार जरिवाना समेत गरेको बताएका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलिले साहलाई बीरगंज महानगरपालिका १५ नम्वर बाट पक्राउ गरेको थियो । पक्राउ परेका अनिल कुमार साहलाई जिल्ला अदालत पर्सामा बुझाइएको छ ।

फरार प्रतिवादी रहेका ३२ बर्षीय साहको अन्य दुई मुद्धा समेत रहेको पाइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस