नेपाली कांग्रेसको राजनीतिमा कुनै बेला युवाहरुको ढुकढुकी जस्तै बनेका नेपाली कांग्रेसका हालका महामन्त्री गगन थापा पछिल्लो समय पार्टी भित्र अवसरबाद खोजि रहेका नेताको रुपमा चित्रण भएका छन ।
कांग्रेस पार्टी भित्र बेला-बेला बेमौसमी बाजा बजाउन माहिर देखिएका थापाकै कारण अब कांग्रेस स्वखालिता हुने अवस्थामा पुगेको कांग्रेस वृतमा चर्चा हुन् थालेको छ । गगन थापाको पार्टी भित्रको गनगनकै कारण आज कांग्रेस भित्र पनि उनकै समर्थकहरु कांग्रेसी भन्न समेत हिच्किचाहट गर्न थालेको पाइएको हो । कुनै समय गगन थापालाई पथप्रदर्शक मान्ने हरु आज थापा स्वार्थी, महत्वाकांक्षी र अवसरवादी पात्रको रूपमा चित्रित हुन थालेको बताउंदै आएका छन यसले पनि अब पार्टीमा गगनको गनगन भन्दा पनि पार्टीलाई रुपान्तरित बनाउन जरुरि रहेको कांग्रेसीहरुको बुझाई रहेको छ ।
हालै उनले उठाएको विशेष महाधिवेशनको प्रस्तावले उनको वास्तविक राजनीतिक चरित्रलाई झल्काएको छ—यो न पार्टी सुधारको दस्तावेज हो, न संगठन सुदृढीकरणको रणनीति यो त उनको आफ्नै असफलता, भ्रम र व्यक्तिगत महत्वाकांक्षा लुकाउने “बेमौसमी बाजा” जस्तै देखिएको पार्टी वृतमा बहस सुरु भएको छ ।
देश जर्जर अवस्थामा रहेको बेला पार्टी भित्र कांग्रेसीले संयमता अपनाउनु पर्ने अवस्थामा थापा भने यहि मौका छोपेर विशेष महाधिवेशनको प्रस्ताव गरि रहेका छन यो नै उनको अवसरबादको एउटा शृंखला बनेको छ । देश भर पार्टीको क्रियाशील सदस्यको विवाद समाधान गर्नु पर्ने दाइत्व थापाकै रहेको अवस्थामा उक्त विवादलाई समाधान गर्नु पर्नेमा उनि आफै विवादित बिषयलाई पक्ष्-पोषण गर्दै पार्टी भित्र गनगन गरि रहेका छन यसले उनको अवसरवादलाई झनै उदांगो बनाएको छ ।
भाद्र २३/२४ मा भएको जेनेरेशन जेड समुहको आन्दोलनमा पार्टी सभापति माथि प्रदर्शनकारी बाट भएको आक्रमण सभापतिको स्वास्थ्य अवस्था समेतलाई अनदेखा गरि महामन्त्री गगन थापा भने कांग्रेसको बिशेष महाधिबेशन र आफ्नो अवसर सदुपयोग गर्ने दाउमा देखिनुले पनि थापाको राजनीति र अबको कांग्रेस स्वखालिता हुने देखिन्छ । आफ्नै पार्टी सभापति माथि आक्रमण हुँदा पार्टी सभापति घाइते हुँदा समेत कुनै संयमता नअपनाउने थापाले कार्यकर्ता माथि हुने प्रहरमा कुनै मानवता देखाउलान भन्ने अवस्था अब कांग्रेसमा नरहेको कार्यकर्ताहरुले बताउन थालेका छन ।
संकटको घडीमा सहानुभूति र एकताको सन्देश दिनुपर्ने नेताबाट यस्ता चाल देखिनु, उनले आफूलाई “परिवर्तनको मसिहा” भनेर बनाएको छविलाई पूर्ण रूपमा ध्वस्त पार्छ। सत्य के हो भने, गगन थापा अब संवेदनशील नेताको होइन, संवेदनशून्य र निर्दयी अवसरवादी नेताको रूपमा प्रकट भइरहेका छन्।
थापाले हालसालै पार्टीभित्र “विशेष महाधिवेशन” को प्रस्ताव ल्याएका छन्, तर त्यसको समय र सन्दर्भ दुवै गलत छन्। जब देश राजनीतिक अस्थिरता, आन्तरिक विवाद र विश्वासको संकटमा छ, तब संगठनात्मक समाधानको सट्टा उनी व्यक्तिगत महत्वाकांक्षाको बाजा बजाइरहेका छन् ।
थापा कुनै समय पार्टी सभापति शेर बहादुर देउवाको विस्वासिलो पात्र बन्ने रणनीतिमा थिए । सोहि रणनीति अनुसार थापाले देउवालाई रिजाउँन बागमती प्रदेशमा कांग्रेसकै सरकार ढालेर पुन कांग्रेसकै इन्द्र बहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने कसरत गरे । गगन थापाकै जोडबलमा बागमतिमा बानियाँ सरकार बन्यो तर जब पार्टीमा पार्टी सभापति देउवामाथि आक्रमण भयो त्यस पछी न गगनले देउवालाई साथ दिए न देउवाले बनाएको मुख्यमन्त्री बानियाँलेनै देउवालाई साथ दिए । अवसरवादको खेति गर्दै यति बेला गगन थापा पार्टीमा बिशेष महाधिबेशनको जोडबल गरि रहेका छन । बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ लगायतले गगन लाई होस्टे गरेको स्रोतले बताएको छ । देउवाकै बलमा मुख्यमन्त्री बनेका बागमतीका इन्द्र बहादुर बानियाँले समेत देउवालाई बाइपास गरेर बिशेष महाधिबेशन गर्नु पर्ने तर्क राखी रहेको कांग्रेसीले बताएका छन ।










प्रतिक्रिया