बिहिवार १७ र १५ बर्षका २ किशोरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी गराएको छ ।
अछामको तुर्माखाँद गाउँपालिका ६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । दुवै जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परे पछी उक्त मृत्युलाई संकास्पद मानिएको प्रहरी स्रोतले बताएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनास्थल घरबाट ४ सय मिटर टाढा छ । उनीहरू दुवै जना ६ नम्बर वडाकै हुन् । उनीहरू १७ गतेबाट सम्पर्कविहीन भएका थिए । ‘यो घटना संवेदनशील छ, त्यसकारण किशोरीहरूको नाम, ठेगाना भन्न मिल्दैन, घटनाबारे बिहान ९ बजे स्थानीयले देखेपछि जानकारी दिए, त्यहाँको प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थलमा पुगेको छ, जिल्लाको टोली पुग्दैछ’ खनालले भने । घटनाबारे प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गर्ने उनले बताए ।










प्रतिक्रिया