नेपाल भारत बिश्व मैत्री संघ मकवानपुर संयोजक रहेका युवा ब्यबसायी निप्पु शर्राफलाई उक्त संस्थाबाट पदमुक्त गरेको हो ।
संस्थाको बिधि बिधान बिपरित कार्य गरेको आरोप सहित नेपाल भारत बिश्व मैत्री संघले मकवानपुर संयोजक निप्पु शर्राफलाई पदमुक्त गरेको जनाएको छ।
संघले मंगलबार एक पत्रमार्फत शर्राफलाई पदमुक्त गरिएको हो । संघको केन्द्रबाट दिईएका जिम्मेवारी अनुसार जिल्ला कार्य समितिलाई पूर्णता दिन असक्षम भएको र संस्थाको हित बिपरित कार्यहरु गरेकोले शर्राफलाई संघको बिधान अनुसार पदमुक्त गरिएको महासचिव किरण राज रेग्मीले हस्ताक्षरित पत्रमा उल्लेख छ ।
हेटौंडाको होटल अनमोल, होटल सुर्यंशका सञ्चालक निप्पु शर्राफ लायन्स क्लव अफ हेल्पडेस्का अध्यक्ष, होटल तथा पर्यटन ब्यवशायी संघ बागमती प्रदेश उपाध्यक्ष समेत हुन् ।
निप्पु शर्राफ २ बर्ष अघि २०८० भदौ १८ गते संघको मकवानपुर संयोजक चयन भएका थिए । संघको संयोजक हुँदा शर्राफले संस्थामा काम गर्न नसकेको भन्दै उनलाई पदमुक्त गरिएको स्रोतको दावी रहेको छ ।










प्रतिक्रिया