हेटौंडा उपमहानगरपालिका १० बसपार्कमा रहेको आन्तरिक राजश्व कार्यालयले बेइमानी गर्ने गरेको तथ्य बाहिरिएको छ । व्यवसायीलाई कर शिक्षा दिने कार्यनै नगरी कारवाही गर्ने मुद्धा चलाउने जस्ता धम्कीपूर्ण भाषा प्रयोग गर्दै व्यवसायीलाई आतंकित पार्ने काम गरेको मकवानपुरका ब्यबसायीले गुनासो गरेका छन ।
आन्तरिक राजश्व कार्यालयले आम व्यवसायीलाई कर शिक्षा कर प्रणाली जस्ता आधारभूत शिक्षा प्रदान गर्नु पर्ने बिभागको परिपत्रमा उल्लेख गरेको भए पनि आन्तरिक राजश्व कार्यालयले यस बिषयमा खासै चासो नदिएको व्यवसायीको आरोप रहेको छ । आन्तरिक राजश्व कार्यालयको कर असुली आतंकले धेरै व्यवसायीको उठिवासनै लागेको पाइएको हो । राज्यलाई कर तिर्ने ब्यबसायिमाथिनै बिना कारण दण्डित गर्ने धम्कि दिने कार्यले आन्तरिक राजश्व कार्यालय प्रति नागरिकको गुनासो चुलिएको हो । कर को नाममा सधै किचलो गर्ने कार्यालयको शैलीले हेटौंडाका अधिकांश ब्यबसायी आजित भएको गुनासो गरेका छन ।
आन्तरिक राजश्व कार्यालय हेटौंडाको प्रमुख कर अधिकृत भएर युक्त प्रसाद सुबेदीले कार्यभार सम्हाले पछी कर असुलीमा किचलो सुरु भएको ब्यबसायीले आरोप लगाएका छन । सुबेदीले आफ्नालाई “नरम र अन्यलाई गरम” नीति लागु गर्ने गरेको व्यवसायीको समस्या समाधान गर्न कुनै चासो नदिएको र उल्टै समाधान भन्दा पनि समस्या उत्पन्न गराउने गरेको आरोप सुबेदी माथि लाग्दै आएको छ । देशको आधा आधि बजेट धान्ने करदातानै भएको अवस्थामा आन्तरिक राजश्व कार्यालयले व्यवसायीलाई सम्मान गर्नु पर्ने अवस्थामा आन्तरिक राजश्व कार्यालय हेटौंडाले भने व्यवसायीलाई चेपुवामा पारेर अपमान गर्ने गरेको पाइएको छ । आन्तरिक राजश्व कार्यालय हेटौंडाले अडिटरको नाम को आधारमा व्यवसायीलाई नरम र गरम गर्ने गरेको समेत ब्यबसायीले गुनासो गरेका हुन् ।
पछिल्लो समय सुबेदी कर कार्यालयको प्रमुख भए पछी हेटौंडाका निर्माण ब्यबसायी लक्षित् पेलानलाई निरन्तरता दिएको निर्माण ब्यबसायी सम्बन्द्ध ब्यबसायीले गुनासो गरेका हुन् । व्यवसायीलाई आवश्यक मौकानै नदिई आफ्नै मनोपोली प्रयोग गरि दुख दिने गरेको फुल अडिट गर्ने बहाना देखाई व्यवसायीलाई दुख दिने गरेको गुनासो व्यवसायीको रहेको छ । हेटौंडाका एक निर्माण व्यवसायीलाई कुनै जानाकारिनै नगराई कुनै सुचनानै नगरी २०७७/०७८ को हिसाव भन्दै करोडौ जरिवानाको ठेली देखाएर दुख दिन खोजे पछी निर्माण ब्यबसायी संघ समस्या समाधानको लागि आन्तरिक राजश्व कार्यालय हेटौंडामा अनुरोध गर्न समेत पुगेको थियो ।
अनुरोध गर्न गएका व्यवसायीलाई कर अधिकृत सुबेदीले आफ्नो पदीय दाइत्व भुलेर अपमानित समेत गरेका थिए । सुबेदीको कार्यकक्षमा बोल्ने शब्दलाई आधार मान्ने हो भने उनि कुनै” गुण्डा समुहका नाइके” हुन् र गुनासो लिएर गएका ब्यबसायी उनका टिमको भाई भतिजा हुन् भन्ने आभास हुने गरि प्रस्तुत भएका थिए । छलफलकै क्रममा हेटौंडा उपमहानगरपालिका प्रति समेत सुबेदीले आरोप लगाउन बाँकी राखेनन । उनले भने हेटौंडा उपमहानगरपालिकाले पनि “केहि जान्दैन जे मन लाग्यो त्याही गर्छ” ? उनको यो शैलीले स्पस्ट हुन्छ उनि कर असुली करका विवादित बिषय समाधान गर्न भन्दा पनि समस्या उत्पन्न गर्न चाहन्छन ।










प्रतिक्रिया