भट्टराईले भेटे लामिछाने

भेटघाट

भट्टराईले भेटे लामिछाने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ श्रावण २०८२, १२:११ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ श्रावण २०८२, १२:११

सहकारी ठगि आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवी लामिछानेलाई नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले भैरहवा कारागारमा पुगेर भेट गरेका छन । बिहीबार अध्यक्ष भट्टराईले सभापति लामिछानेलाई भेटेका हुन् ।

भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएको समेत बताए ।

उनले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने तर अहिले रवि लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताए । लामिछाने जनताको प्रतिनिधि भएको नाताले कतै भागेर जाने सम्भावना नभएको पनि उनले बताए । नेसपा लुम्बिनी प्रदेशको दुई दिने प्रशिक्षण कार्यक्रममा भैरहवा आएका डा. भट्टराईले कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेसँग भेटघाटमा गर्नुभएको नेसपा नयाँ शक्तिका केन्द्रीय सदस्य  बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस