बागमती प्रदेशमा तिन मन्त्रीको सपथ भोलि हुने

सपथ भोलि हुने

बागमती प्रदेशमा तिन मन्त्रीको सपथ भोलि हुने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१४ श्रावण २०८२, ०२:१७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१४ श्रावण २०८२, ०२:१७

बागमती प्रदेशमा आज हुने भनिएको तीन जना मन्त्रीको शपथ ग्रहण कार्य भोलि हुने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीयदलको निर्वाचन तालिकाको समय र मन्त्रीहरुको सपथ कार्यक्रमा एकै समयमा भए पछी मन्त्रीहरुको सपथ कार्यक्रमा भोलिको लागि सरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बागमती प्रदेश सचिवालयले बताएको छ ।

आज बिहान १० बजेका लागि तीन जना मन्त्रीहरुको सपथग्रहणको समय तोकिएको थियो । ११ बजे भित्रनै संसदीयदलको उमेद्वार मनोनयन गर्नु पर्ने भएका कारण मुख्यमन्त्री बहादुर सिंह लामाको कार्य व्यस्तताको कारण सपथ भोलिको लागि तय गरिएको सचिवालयले जानकारी दिएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री लामाले प्रदेश सभा सदस्य गोबिन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई बागमती प्रदेश सरकारको मन्त्री नियुक्त गरेका हुन् । आज नियुक्त भएका तिनै जना मन्त्रीको सपथ भोलि हुने भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस