नेपाली कांग्रेस बागमती प्रदेश सभा सांसद हरु माथि प्रदेश सभापति इन्द्र बहादुर बानियाँ सहितको समुहले अस्वाभाविक निगरानी गरेको भन्दै माननीयहरुले गुनासो गरेका हुन् ।
आज दिउँसो २ बजे हुने नेपाली कांग्रेस संसदीयदलको निर्वाचनलाई आफु केन्द्रित प्रभावित पार्ने गरि संसदीय दलका उमेद्वार इन्द्र बहादुर बानियाँले आफ्ना पक्षमा हस्ताक्षर गरेका माननीयहरुलाई अस्वाभाविक नियन्त्रणमा राखेको तथ्य बाहिरिएको हो ।
जनता बाट अनुमोदित भएर आएका माननीयहरु माथिनै हस्तक्षेप् गर्नु निगारानी गर्नु र आफु केन्द्रित रहेर दवाब दिनुले बानियाँ माथिनै प्रश्न खडा भएको एक माननीयले गुनासो गरे । बानियाँ समुहले केहि दिन देखि हेटौडाको एक होटलमा क्याम्पनै बनाएर राखेका माननीयहरुलाई हिजो बाट अड्डा सार गरि चितवनको सौराहा स्थान्तरण गरेको पाइएको हो । बानियाँले २ बजे मात्र मतदान स्थलमा लैजाने गरि मानानियाहरुलाई सौराहा लागेको स्रोतको दाबि रहेको छ ।
संसदीयदलको निर्वाचनमा आफुलाई मत हाल्न दबाब दिने मनसायका साथ मानानियाहरुलाई सौराह लागेको स्रोतले बताएको छ । बानियाँ समुहले सौराहा पुराएका मानानियाहरुलाई टेलिफोन सम्पर्क देखि बाहिर निस्कन समेत नदिएको एक माननीयले गुनासो गरे उनि भन्छन कहिँ बाट फोन आयो भने पनि लाउडा स्पिकरमा राखेर कुरा गर्नु पर्ने दवाब दिने गरेको छ यो बिधि संबत छैन । अर्का एक माननीयले भने हिजो बहादुर सिंह लामामाथी अबिस्वासको प्रस्तावमा हस्ताक्षर गरे पछि हामीलाई सौराहा ल्याएको छ ।
फोन सम्पर्क गर्न समेत बाथरुम जानु पर्ने अवस्था आएको छ यस्तो अवस्थामा बिधि र विधानको शासन छ भनेर कसरि बिस्वास गर्नु ? आज २ बजे देखि ३ बजे सम्म संसदीयदलको नेताको निर्वाचन रहेको कारण बानियाँ समुहले सांसदहरु माथि निगरानी बढाएको दवाब दिएको खुलेको हो । आफू मुख्यमन्त्री बन्ने भन्दै पार्टी भित्रनै पार्टीकै बदानम गर्ने गरि बानियाँले पेस गरेको अविश्वासको प्रस्ताबले समेत अब बानियाँको मुख्यमन्त्री बन्ने सपना सकिएको छ ।
विधि बाहिर रहेर मुख्यमन्त्री बन्ने र आफू निकटकालाई मन्त्री बनाउने भन्दै संसदीयदलमा आफुलाई मत हाल्न बानियाँले गरेको प्रयास अन्तत असफल हुने देखिएको हो । यता जनताको मत बाट माननीय भएका हरु यो अवस्थामा देखिनुले जनताले बिश्वास गर्ने आधर के रहला ।










प्रतिक्रिया