बानियाँको मुख्यमन्त्री यात्रा सारथी बिनाको रथी

मुख्यमन्त्री बन्ने सपना

बानियाँको मुख्यमन्त्री यात्रा सारथी बिनाको रथी

पार्टी भित्र अन्तर्घात गरेको आरोपकै कारण मुख्यमन्त्री बन्ने यात्रामा ब्रेक लाग्ने संकेत

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ श्रावण २०८२, ११:४५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ श्रावण २०८२, ११:४५

नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका प्रदेश सभा सांसद इन्द्र बहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री हुने इच्छा सारथि बिनाको रथी जस्तै देखिएको  कांग्रेस सांसदहरुको बुझाई रहेको छ ।

कुनै बेला नेपाली कांग्रेस भित्र प्रभाबसाली नेताको रुपमा आफ्नो नाम स्थापित गर्न सफल देखिएका बानियाँ पार्टी भित्रको घात अन्तर्घातकै कारण अहिले उनको राजनीतिक शक्ति क्षिण बन्दै गएको नेता कार्यकर्ताको बुजाई रहेको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा आफ्नै जिल्लामा आफ्नै पार्टीका उमेद्वार हराउन सक्रिय भूमिका खेलेको आरोप लागेका बानियाँ यहि कारण नेपालि कांग्रेस भित्र विवादित पात्रको रुपमा चिनिएका छन भने उनलाई कारवाहीको माग गर्दै केन्द्रीय अनुशासन समितिमा २०७९ मङ्सिर १६ गते उजुरीनै परेको थियो । उक्त उजुरीमा नेपाली कांग्रेस मकवानपुर संघिय सभापती दामोदर खनाल लगायतका नेता कार्यकर्ताले हस्ताक्षर् गरेका थिए । कांग्रेस केन्द्रीय सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिना र कांग्रेस मकवानपुरका नेता आनन्दराम पाराजुली हराउन प्रदेश सभापति इन्द्र बहादुर बानियाँ लगायतका जिल्ला स्तरका नेताहरु लागेको आरोप सहित केन्द्रीय नेताहरुलाई लिखित पत्र मार्फतनै जानकारी भएको थियो ।

असार मसान्त नेता देखि कार्यकर्ता निर्माण ब्यबसायी देखि श्रमिक सम्म पत्रकार देखि कर्मचारी समेत बैंकका कर्मचारी देखि सहकारीका कलेक्टर सम्म आर्थिक वर्षको हिसाब मिलानमै लागेका बेला एका- एक बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने हल्ला समाचार देखि सामाजिक संजाल सम्म फैलियो । इन्द्र बहादुर बानियाँ बागमतीको मुख्यमन्त्री हुने देखि भैसकेको सम्म लेख्न कुनै संकोच मानेनन् र केहि कोर टिमका कार्यकर्ताले बधाई सम्म दिन भ्याए तर जब असार मसान्त सकियो बानियाँ मुख्यमन्त्री बन्ने हल्ला एका-एक शान्त भयो कतै यो सुनियोजित त् थिएँन भन्ने बहस सुरु भएको छ । कतै यो “नाग्लो ठटाएर बाघ तर्साउने” खेल त् होइन भन्ने चर्चा चुलिएको छ ।

राजनीतिमा बिधि र बिधान हुन्छ त्यहि अनुसार दल चल्ने हो सरकार चल्ने हो भन्ने हेक्का समेत नराखी सामान्य एक सांसदले बिधि बिधान बिपरित पदिय लोभ गर्नु कति जायज होला भन्ने प्रश्न कांग्रेस भित्र उठान भएको छ ।  बानियाँ संगै नेपाली कांग्रेस बाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने ३७ सांसद छन । ३७ सांसद मध्य प्रतक्ष्य निर्वाचित सांसद २५ रहेका छन । बागमती प्रदेशको मुख्यमन्त्री हुन् २५ सांसदनै योग्य छन तर संसदीयदलको बिधानले मुख्यमन्त्री हुन् संसदीयदलको नेता हुनु पर्ने अनिवार्य नजिर स्थापित गरेको छ ।

एका-एक बागमतीको मुख्यमन्त्री हुने भन्दै मिडिया ट्रायल गरेका बानियाँ मुख्यमन्त्री बन्न संसदीयदलको नेता हुनु पर्ने प्रावधान रहेको छ तर अहिले त्यो संभव नभएको कांग्रेस निकट स्रोतको दावी रहेको छ । स्रोतका अनुसार बानियाँले आफु निकट मानिएका केहि सांसदको हस्ताक्षर् गरि बहालवाला मुख्यमन्त्री बहादुर सिङ्ग लामा बिरुद्ध अविश्वासको प्रस्ताव लैजाने तयारि गरेको भए पनि राजनीतिक धुर्विकरण बढ्ने अवस्थाको कारण एक्सपोज गर्न सकेका छैनन ।

बानियाँले केन्द्रका केहि नेतालाई रिजाउँन गरेको अथक प्रयास समेत विफल भएको स्रोतको दावी रहेको छ । मुख्यमन्त्री लामा बिरुद्ध अविश्वासको प्रस्ताव पेश गरे पनि पुन संसदीय दलको निर्वाचन गर्नु पर्ने विधानको प्रावबधान अनुसार बानियाँलाई रोक्न दलका उपनेता रामकृष्ण चित्रकार तयार रहेको अवस्थामा चित्रकारलाई रोक्न बानियाँलाई सकस हुने देखिएको छ । बागमती प्रदेश सभामा संसदीयदलको नेता बन्न बानियाँलाई कठिन हुने आंकलन गरिएको छ । बहादुरले छोड्न पर्ने परिस्थिति आए चित्रकार प्रति सांसदहरु जुट्ने संकेत देखिएको हो ।

संसदमा थोरै सारथि बोकेर बागमती प्रदेशको मुख्यमन्त्रीको रथ हाँक्ने बानियाँको योजना विफल पार्न काङ्ग्रेस नेतृत्वनै लागेको पाइएको हो । २०७४ को प्रदेश सभा निर्वाचन पश्चात नेपालि कांग्रेस संसदीयदलको नेता बनेका बानियाँ त्यस यता नियमित रुपमा मुख्यमन्त्री बन्ने दाबि गरे पनि उनि मुख बोलि मुख्यमन्त्रीमै सिमित रहेका छन । केहि साता यता सामाजिक संजाल मार्फत बधाई खाएका बानियाँको मुख्यमन्त्री यात्रा कहाँ पुग्ने हो हेर्न बाँकीनै रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस