मकवानपुरको कैलाश गाउँपालिकाको आर्थिक बर्ष २०८० / ०८१ मा पालिकाले खर्च गरेको हिसाव किताबमा करोडौ रकम अनियमितता गरेको पाइएको हो । पालिकाले खर्च बिवरणनै सार्वजनिक नगरी करोडौ रकम अनियमितता गरेको महालेखा प्रतिबेदनमा उल्लेख भएको छ । पालिकाले करोडौ रकम कुन काममा खर्च गरेको हो वा जनप्रतिनिधि र कर्मचारीको मिलिभगतमा झ्वाम पारेको हो भन्ने बिषय खोजीको बिषय बनेको छ ।
कैलाश गाउँपालिकामा आर्थिक बर्ष २०८०/०८१ को खर्च विवरणलाई आधार मान्ने हो भने पनि पालिका अध्यक्ष लोक मुक्तान पालिकाको बिकास भन्दा पनि आफ्नै आर्थिक अवस्था सुधार तर्फ तल्लिन भएको प्रस्ट हुन्छ ।
कैलाश गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बजेटबाट पालिकामा भएको बिकास निर्माणको काम हेर्ने हो भने पनि गुणस्तर हिन काम भएको ठेक्का लगाउनु पर्ने कामलाई उपभोक्ता समिति मार्फत काम लगाएको ठेक्का लगाएका योजना समेत कमिसनको खेलमा सोहि काम २०/२२ प्रतिसत घटी घटाउमा लगाएको र कमिसन आउने योजनामा २ प्रतिसत घटी घटाउमा योजना दिएको आरोप स्थानीयले लगाउंदै आएका छन । पालिकाले लगाएको ठेक्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने हो भने कुन -कुन जनप्रतिनिधि कर्मचारिको पिसाव फुस्कने हो भन्ने खेलो मेलो त्याहाँ देखिने गुनासो स्थानीयको रहेको छ ।
महालेखा परिक्षकको कार्यालयले गरेको आर्थिक प्रतिबेदनको रिपोर्ट हेर्ने हो भने पनि कैलाश गाउँपालिकामा चरम आर्थिक अनियमितता भएको पुस्टि हुन्छ । जनताको काम गर्ने भनेर आफ्नै गोजी बलियो बनाउने कैलाशका जनप्रतिनिधिलाई जनताले बेलैमा चिन्नु पर्ने आवाज उठान भएको छ । पालिकाले हिसावको लेखाजोखानै नराखी करोडौ रकम खर्च गरेको महालेखाले उल्लेख गरेको छ । ग्रामिण भेगमा रहेको पालिकामा जनताको चासो कम हुने कारणनै पालिकाको जनप्रतिनिधि र कर्मचारीको मिलेमहत्वमा करोडौ रकम अनियमितता हुने गरेको छ ।
कैलाश गाउँपालिकाले पालिकाको हिसाव किताव, बजेट, वित्तीय कारोवार र भुक्तानी गर्न पालिकाले सुत्र प्रयोग गर्ने गरेको भए पनि करोडौ रकम सुत्रमा दाखिला नगरी भुक्तानी गरेको पाइएको छ । सुत्रमा उल्लेखनै नगरी पालिकाले खर्च गरे पछी आर्थिक अनियमितता भएको आशंका गरिएको छ । पालिकाले सामाजिक सुरक्षा तथा सरक्षणको ८ करोड ७१ लाख एकीकृत स्वास्थ्य क्षेत्र् सुधारको २ करोड १४ लाख ७५ हजार गरिव सँग विशेस्वर कार्यक्रमको ७ लाख १३ हजार गरि जम्मा १० करोड ९२ लाख ७८ हजार पालिकाले सुत्रमा दाखिला नगरी सोझै खर्च गरेको पाइएको हो । यसरि सोझै खर्च गर्नुले पालिकाले ठुलै रकम अनियमितता गरेको पुस्टि हुन्छ ।
यसै गरि पालिकाले लेखा परिक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षपण यथार्थ नभएको पालिकाले दरवन्दी अनुसार पदपूर्ति नगरेको बिकास निर्माण सेवा प्रवाहमा असर परेको पालिकाको योजना हरु वितरण मुखी भएको भन्दै महालेखाले टिप्पणी गरेको छ । पालिकाले खाना र खाजामा मात्र २२ लाख ५३ हजार बढी रकम बिबिध शिर्षक बाट खर्च गरेको छ । प्रशासनिक खर्च बाट समेत लाखौ बजेट खाजा र खानामा खर्च गरेको पालिकाले बिबिध शिर्षक बाट पनि यति ठुलो रकम खाजा र खानामा खर्च गर्नुले पालिका जनताको बिकास र सेवामा भन्दा पनि खाजा र खानाको लागि मात्र जनप्रतिनिधि भएको त् होइन भन्ने प्रश्न उठेको छ ।
कैलाश गाउँपालिकाले विलासिताको लागि प्रयोग गर्दै आएको सवारी साधन मर्मतमा समेत अनियमितता गरेको पाइएको हो । पालिकाले जनता बाट उठेको कर बाट सवारी साधन मर्मतमा मात्र ६२ लाख बढी रकम खर्च गरेको छ । जनताले बिहान बेलुकाको छाक टार्न समेत कस्टकर भएको बेला पालिकाका मुखिया हरु भने जनताको कारबाट उठेको पैसा बाट गाडी मर्मत गर्न मात्र ६२ लाख खर्च गर्नुले पालिकामा कति आर्थिक अनियमितता होला भन्ने अनुमान गर्न सकिन्छ ।
कैलाश गाउँपालिकाले पालिका एक बर्षको अबधिमा मात्र सार्वजनिक खरिद ऐन बिपरित सुचना प्रकाशनमा १८ लाख ४ हजार ९ सय पच्चीस खर्च गरेको देखाएको छ । पालिकाले यसरि खर्च गरेको रकम कानुन बिपरित रहेको महालेखाले उल्लेख गरेको छ । पालिकाले सिमित संचार गृहलाई रिझाउन कार्यादेश बेगरनै भुक्तानी गरेको पाइएको हो । सुचना प्रकाशनको नाममा समेत पालिकाले बितरणमुखी कार्य गरेको हो । पालिकाका जनप्रतिनिधिले सर्वोच्च अदालतले खारेज गरेको पदाधिकारी सुबिधामा समेत ६४ लाख ४४ हजार अनियमितता गरेको पाइएको छ । पालिका अध्यक्ष लोक मुक्तानाले जनताको कर बाट उठेको रकम बाट ४ लाख ८ हजार बेकामी सुबिधा लिएका छन । पालिकाले विद्यालयलाई वितरण गर्नु पर्ने सेनेटरी प्याड खरिदमा समेत गुणस्तर हिन सामाग्री खरिदा गरि अनियमितता गरेको महालेखा प्रतिबेदनले उल्लेख गरेको छ । १२ लाख बढी रकमको सेनेटरी प्याड खरिद गर्दा गुणस्तरहिन रहेको पाइएको हो ।
कैलाश गाउँपालिकाले चेपाङ पोषण कार्यक्रम अन्तर्गत ५० लाख रकम अनियमिता गरेको पाइएको छ । कर्मचारी भत्तामा समेत कुनै कागजपत्र प्रमाण पेश नगरी २१ लाख बढी रकम अनियमितता गरेको छ । कैलाश गाउँपालिकाको यो अनियमितता जनताको कर माथिको राम राज्य कहिले रोकिएला आम जनताको चासोको बिषय बनेको छ ।










प्रतिक्रिया