असार १६ गते देखि शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारि रहेको छ । केन्द्रीय समितिको बैठकमा केन्द्रीय स्तरका नेताहरुले आ- आफ्नो धारणा राख्ने काम सकिएको र आज हुने बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले समाधान सहितको सम्बोधन गर्ने कार्य तालिका रहेको कांग्रेस स्रोतले जानकारी दिएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी भित्र गद्धार गर्ने हरुलाई कारवाही गर्नु पर्ने जोडदार माग हुँदा ७ जना जिल्ला सभापति ११ जना केन्द्रीय सदस्य तथा एक जना प्रदेश सभापतिलाई कारवाही गर्नु पर्ने माग बुलन्द भएको छ । पार्टीको अनुशासन समितिलाई दिएको जिम्मेवारी अनुसार अनुशासन समितिमा परेको उजुरीको आधारमा छानबिन गर्ने र आवश्यक देखिए कारवाही गर्न अनुशासन समितिलाई जिम्मेवारी दिएको स्रोतको दावी रहेको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा आइतबार भएको बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे र जीवन परियार तथा कोषाध्यक्ष उमेश श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए ।
पार्टीको केन्द्रीय समितिको बैठकमा उठेको कारवाही सम्बन्धि एजेन्डामा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँलाई समेत कारवाही गर्नु पर्ने आवाज उठेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँले नेपाली कांग्रेसकी केन्द्रीय सह-महामन्त्री महालक्ष्मी उपाध्याय “डीना” लाई प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुरको क्षेत्र नम्बर १ मा हराउन प्रदेश सभापति बानियाँले भूमिका खेलेको आरोप सहित नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा २०७९ मंगसिर १८ गते उजुरी परेको थियो र सोहि उजुरीको आधारमा बानियाँलाई कारवाही गर्नु पर्ने माग केन्द्रीय समिति बैठकमा उठेको हो ।
केन्द्रीय अनुशासन समितिमा प्रदेश सभापति इन्द्र बहादुर बानियाँले २०७९ को प्रदेश सभा निर्वाचनमा समेत नेपाली कांग्रेसका उमेद्वार आनन्दराम पराजुलीलाई हराउन गुटबन्दि गरेको, आफ्नै पार्टीका केन्द्रीय सह-महामन्त्रीलाई हराएर रास्ट्रीय प्रजातन्त्र पार्टीका उमेद्वार दिपक बहादुर सिंहलाई जिताउन सक्रिय भएकोले बानियाँलाई कारवाही गर्नु पर्ने भन्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो । केन्द्रीय समितिमा बानियाँ माथि कारवाहीको डण्डा चलाउने बिषय चर्चामा आए पछी कांग्रेस भित्र आरोप प्रत्यारोप लगाउने कार्य सुरु भएको छ ।
पटक-पटक बागमती प्रदेशको मुख्यमन्त्री दावी गर्दै आएका बानियाँ अन्तत झमेलामा परेका छन । पछिल्लो समय बहालवाला मुख्यमन्त्री बहादुर सिंग लामालाई आउट गरेर आफु इन हुन् खोजेका बानियाँको समीकरण मिल्दै गएको अवस्थामा पार्टीको केन्द्रीय समितिको बैठकले कारवाहीको डण्डा बानियाँ तिर सोझाए पछी बानियाँको बागमतीको मुख्यमन्त्री बन्ने यात्रामा समेत ब्रेक लाग्ने अवस्था देखिएको छ । पार्टीको केन्द्रीय समितिमा बानियाँलाई कारवाही गर्नु पर्ने आवाज सार्थक भए बानियाँको राजनीतिमा समेत धक्का लाग्ने छ ।










प्रतिक्रिया