प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन गर्दै मकवानपुरकी सिडिओ

विवादित बनिन सिडिओ

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन गर्दै मकवानपुरकी सिडिओ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ असार २०८२, ०३:४५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ असार २०८२, ०३:४५

जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि प्रहर गरेकी हुन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको सार्वजनिक कार्यक्रमामा समाचार संकलन गर्न गएका पत्रकारहरुलाई कार्यक्रम स्थलमा समाचार संकलन गर्न नदिएको फोटो भिडियो खिच्न नदिएको जस्ता कार्यले प्रमुख जिल्ला अधिकारि श्रेष्ठ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधि भएको आरोप लागेको छ ।

मकवानपुरको शान्ति सुरक्षामा थपिएको चुनौतीलाई अनदेखा गरि पत्रकारलाई समाचार संकलनमा रोक लगाउने कार्यमा अग्रसर देखिएकी श्रेष्ठ मकवानपुर आए देखि विवादित बन्दै आएकी हुन् । श्रेष्ठ प्रमुख जिल्ला अधिकारि भएर मकवानपुर आएको एक महिना नबित्दै उनि बिरुद्ध सडकमा नारावाजी समेत चर्किएको थियो । बैशाख ४ गते मकवानपुरमा प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठको बिरुद्धमा नारावाजी सहित सडक बन्द गर्ने देखि “एमाले सिडिओ फिर्ता जा” सम्मको नारा चलेको थियो । सडक आन्दोलनमा एमाले ट्याग लागेकी श्रेष्ठको बिषयमा गृहमन्त्रालय सम्म उजुरी पुगेको स्रोतको दावी रहेको छ । पटक पटक विवादित बनेकी श्रेष्ठ फेरी पनि पत्रकारलाई समाचार संकलनमा रोक लगाएर विवादित बनेकी हुन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिाकरी (प्रजिअ)लाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन नेपाल प्रेस युनियन मकवानपुरले आग्रह गरेको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका समाचार संकलन गर्न रोकेको विषयमा युनियन मकवानपुरले विज्ञप्ती जारी गर्दै उक्त घटनाको घोर भत्सना गरेको छ । बिभिन्न संचार माध्यमले प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधि रहेको भन्दै समाचार प्रकाशन गरेका छन ।

प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार हेटौंडाका जनप्रतिनिधि माथि भएको घटना, नेपाली कांग्रेसको ध्यानाकर्षण, रास्वपाको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलन गर्न पुगेका नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल (नेपाल टेलिभिजन), सदस्यद्वय गणेश दुलाल (रातोपाटी डटकम), मनिल महत्तो (टिम टिभी) लगायतका दर्जन पत्रकारलाई कार्यालयमा छिर्न, दृश्य खिच्न नदिएको घटना प्रति प्रेस युनियन मकवानपुरको ध्यानाकर्षण भएको प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले जानकारी दिए । उनका अनुसार समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई रोक्ने, दृश्य छायंकन गर्न नदिने÷बाधा पु¥याउने जस्ता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी क्रियाकलाप हो । ‘सार्वजनिक पद धारण गरेर नागरिकका सरोकारका विषयमा पत्रकार÷संचारकर्मीहरुलाई विभिन्न बहाना गर्दै कर्तव्य पालनामा रोक्नु नेपालको संविधान र संचार ऐन विरुद्धको गतिविधि रहेको प्रेस युनियन मकवानपुरको ठम्याइ छ ।’ विज्ञप्तीमा उल्लेख छ, ‘नेपालको संविधान २०७२ को धारा १७ (२) (क), १९, २७ र ३५ (४) ले सञ्चारकर्मीलाई अभिव्यक्ति स्वतन्त्रता, सूचना प्राप्तिको अधिकार र निष्पक्ष प्रेसको प्रत्याभूति गरेको छ । साथै सञ्चारकर्मी सुरक्षा नीति, २०७३ र फौजदारी संहिता, २०७४ का प्रावधानले पेशागत काममा अवरोध पु¥याउने जस्ता क्रियाकलापलाई स्पष्ट रूपमा दण्डनीय मानेका छन् ।’

प्रमुख जिल्ला अधिकारीलाई पत्रकारहरुको पेशागत मर्यादा, सरक्षा प्रत्याभुत हुने गरी कार्य सम्पादन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिन अध्यक्ष विडारीले आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारि श्रेष्ठ प्रेस तथा अभिव्यक्ति स्वतान्त्रता बिरोधि देखिएको बिभिन्न पत्रकार संघ संघठनले बताएका छन । यता प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठलाई कल गर्दा उनको कल रिशिभ हुन् सकेन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस