विपदको नाममा हेटौंडा उपमहानगरपालिकाको बितण्डा, कानुन विपरित उत्खनन्

विपदको नाममा हेटौंडा उपमहानगरपालिकाको बितण्डा, कानुन विपरित उत्खनन्

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ जेष्ठ २०८२, ०४:२३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ जेष्ठ २०८२, ०४:२३

हेटौंडा उपमहानगरपालिका भित्र रहेका खोला खहरे उत्खनन् कार्यमा बदमासी भएको पाइएको छ  ।

उपमहानगरपालिकाले खहरे तथा खोला उत्खनन् कार्यमा चरम अनियमितता गरेको भेटिएको हो । ठेक्का मार्फत खोला खहरे उत्खनन् गर्ने अनुमति दिएको ठेकेदारलाई विपद व्यवस्थापन अन्तर्गत हेटौंडा उपमहानगरपालिका १७ मा पर्ने सातबोटेमा उत्खनन् गरी कानुन विपरित २६ हजार घन मिटर ठेकेदारलाई बिक्री गर्ने गरी उत्खनन् गरिरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाले नियम मिचेर ठेकेदारको पक्षपोषण हुने गरि खोला खहरे उत्खनन् तथा बिक्रि वितरण गरी विपदको नाममा बितण्डा गर्दै हेटौडा उपमहानगरपालिकाले बदामासी गरेको हो जिल्ला विपद व्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठको संयोजकत्वमा बसेको बैठकको निर्णय अनुसार हाल हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा पोइन्ट बनाई उत्खनन् गरिरहेको छ ।

यसैक्रममा उपमहानगरपालिकाले विपत बाहेक अन्य क्षेत्रमा ठेक्का मार्फत खोला उत्खनन् गरिरहेको छ । यसैक्रममा हेटौंडा-१६ मा पर्ने घ्याम्पेसहित आसपासका खहरे खोलामा ४६ हजार घनमिटर नदिजन्य सामाग्री उत्खनन् गर्ने गरी ठेक्का लगाएको थियो तर वडाका स्थानीयवासी, वडा कार्यालय र पर्सा राष्ट्रिय निकुन्जले उत्खनन् गर्न नदिएपछी उक्त ठाउँमा उत्खनन् कार्य अघि बढ्न सकेको थिएन । निकुन्जले उक्त क्षेत्रमा जम्मा १४ हजार घनमिटर भन्दा उत्खनन् गर्न नदिने बताएपछी उपमहानगरपालिकाले बाकी अपुग घनमिटरको नदिजन्य सामाग्री विपतबाट उत्खनन् गरी ठेकेदारलाई दिने भनि सोधभर्ना गरिएको पाइएको छ ।

विपत व्यवस्थापनको बैठकले निर्णय गरी गरिएको उत्खनन् क्षेत्रको पदार्थ उपमहानगरपालिकाले घाटगद्धी गरी निश्चित ठाउँमा जम्मा पारी ठेक्का खुलाएर बिक्रि गर्ने प्रावधान छ तर, निकुन्ज क्षेत्रको उत्खनन् गर्न नापाएपछी उपमहानगरपालिकाले विपत तर्फकै सामाग्री ठेकेदारलाई दिने सहमती गरेको छ जुन कानुन विपरित छ ।

यस विषयमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले भने कार्यपालिकाको बैठकले नै निर्णय गरेर ठेक्का लगाइएको स्थानबाट नपुगेको सामग्री विपत तर्फबाट भराइदिने निर्णय भएको बताए । कार्यपालिका बैठक भने अन्तिम पटक गत जेठ १३ गते मंगलबार बसेको थियो । यस विषयमा प्रमुख गौतमले सोझै झुट बोलेका छन् भने उपमहानगरपालिकाले नियम विपरित विपद तर्फको नदिजन्य सामाग्री सोझै ठेकेदारलाई दिने भएको छ ।

करिव ३२ हजार घनमिटर नदिजन्य पदार्थ कानुन विपरित उपमहानगरपालिका ठेकेदारलाई दिने सहमति गरेको छ । घ्याम्पेबाट उत्खनन् गर्न निकुन्जले नदिएपछी उपमहानगरपालिकाले विपद तर्फबाट उत्खनन् गरिरहेको हेटौंडा उपमहानगरपालिका १७ मा पर्ने सातबोटे क्षेत्रको सामाग्री ठेकेदारलाई दिन लागेको हो ।कानुन विपरित यसरी विपदको नाममा प्राकृतिक दोहन गरी सोझै ठेकेदारलाई बेच्दा समेत सम्बन्धित नियामक निकायले यस तर्फ ध्यान दिएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस