जिप दुर्घटना एकको मृत्यु आठ घाइते

मृत्यु

जिप दुर्घटना एकको मृत्यु आठ घाइते

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ जेष्ठ २०८२, १२:४० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ जेष्ठ २०८२, १२:४०

डोटिको केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस