राजावादी समुहले आज माइतीघरमा प्रदर्शन गर्ने

राप्रपा आन्दोलन

राजावादी समुहले आज माइतीघरमा प्रदर्शन गर्ने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१६ जेष्ठ २०८२, १०:४९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१६ जेष्ठ २०८२, १०:४९

आक्रामक रुपमा आन्दोलन थालेको राजावादी समुहले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ । जेठ १५ गते बिशाल जनसागर सहित राजधानीमा प्रदर्शन गरेको राजावादी समुहले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको राप्रपाले बताएको छ ।

राजावादी समूहले आज राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।

यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो ।

राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको बताएको छ ।

राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस