१३१ बोतल कोरेक्स सहित हेटौंडाका बिकास पक्राउ

लागूऔषधका कुरा

१३१ बोतल कोरेक्स सहित हेटौंडाका बिकास पक्राउ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ जेष्ठ २०८२, १०:२४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ जेष्ठ २०८२, १०:२४

जिल्ला प्रहरी कार्यालय मकवानपुरले १३१ बोतल १०० एमएलको लागूऔषध कोरेक्स सहित एक जनालाई पक्राउ गरि थप अनुसन्धानको लागी जिल्ला अदालत मकवानपुर बाट ५ दिनको म्याद अनुमति लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जेठ १३ गते बिहान हेटौंडा उपमहानगरपालिका १० बसपार्क स्थित एक व्यक्तिको डेरामा लागूऔषध कोरेक्स रहेको सुचना पाउना साथ उक्त स्थानमा पुग्दा मकवानपुरको थाहा नगरपालिका ११ घर भै हेटौंडा १० बसपार्कमा डेरा गरि बस्ने बर्ष २७ को बिकास तामाङको डेरा बाट १३१ बोतल कोरेक्स लुकाई राखीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

पक्राउ परेका तामाङले आफ्नै डेरामा जेब्रा झोलामा लुकाई राखेको अवस्थामा प्रहरीले लागूऔषध कोरेक्स बरामद गरेको हो । पछिल्लो समय मकवानपुर प्रहरीले अत्याधिक मात्रामा लागूऔषध बरामद गरेको भए पनि लागूऔषध भित्रने कार्य भने रोकिन सकेको छैन । रक्सौल नाका बाट अत्याधिक रुपमा लागूऔषध भित्रने गरेको भए पनि पर्सा प्रहरी बारा प्रहरीको चेकिङबाट कसरि फुत्किएर लागूऔषध हेटौंडा लगायतका शहरहरुमा सजिलै पुग्ने गरेको छ त् भन्ने बिषयमा अनुसन्धान गर्नु पर्ने माग उठ्दै आएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस