सहकारी ठगि गरेको मुद्धामा एक जना जनप्रतिनिधि कारागार चलान भएका हुन् । बचतकर्ताको करोडौं रकम हिनामिना गरे पछी बचतकर्ताले मुद्धा दायर गरेका थिए । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न आदेश दिएको थियो ।
न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको भए पनि धरौटी नबुझाएपछि उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न पत्र पठाएको छ । नेपाली हाल बागलुङ कारगारमा छन् । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो । इमेज सहकारी ठगि मा कारागार बसेका नेपालिलाई सुर्यदर्शन सहकारीको समेत धरौटी माग गरे पछी उनले कारागारबाट सुर्यदर्शन सहकारीको धरौटी बुझाउन नसकेको स्रोतको दावी रहेको छ ।
सोही आदेशअनुसार कारागार पठाइएको हो । उनीविरुद्ध कास्की अदालतमा इमेज सहकारी ठगी प्रकरणको पनि मुद्दा छ । उनलाई आइतबार उपस्थित गराउने पत्र पठाइएको कास्की जिल्ला अदालतले जनाएको छ । सहकारी ठगि गरेका नेपालि फरार भएका थिए प्रहरीको सक्रियतामा उनलाई भारत बाट पक्राउ गरिएको थियो ।










प्रतिक्रिया