मकवानपुर बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थी र अविभावक कलेज प्रति रुस्ट बन्दै गएका छन ।
कलेज प्रशासन कमजोर भएका कारण अविभावकले पटक-पटक गुनासो गर्ने गरेको भए पनि कलेज प्रशासन जिम्मेवार नबन्दा इमान्दार जेहन्दार बिद्यार्थी समेत कलेज जान डराउने गरेको पाइएको हो ।
मकवानपुर बहुमुखी कलेजमा नियमित कक्षा संचालन नहुनु कलेज पढाउने प्राध्यापकहरु राजनीतिक प्रचारक हुनुले पनि मकवानपुर कलेज पछिल्लो समय बदनाम हुँदै गएको हो ।
मकवानपुर बहुमुखी क्याम्पसमा यम सिलवाल क्याम्पस प्रमुख भए पछिका दिनमा कलेज बदनाम हुँदै गएको आरोप लाग्दै आएको छ । यसको ज्वालान्तर उदाहरण हो कलेज गएका विद्यार्थीको सामुहिक रेफ केस ।
मकवानपुर बहुमुखी क्याम्पसमा अध्यनरत बिद्यार्थीका अनुसार कलेजमा नियमित पढाई नहुने कलेज प्रशासन कमजोर बन्दा सार्वाजनिक सवारी साधनमा मकवानपुर क्याम्पसको ड्रेस लगाएर जाँदा सार्वजनिक यातायात प्रयोग कर्ता यात्रुले मकवानपुर कलेज जान हिडेको हो कि बनस्खंडी मन्दिर तिर हो भनेर जिस्काउने गरेका कारण विद्यार्थी कलेज जान नमान्ने गरेको अविभावकले गुनासो गरेका छन ।
मकवानपुर बहुमुखी क्याम्पस अध्यानरत विद्यार्थीहरु कलेज भन्दा बढी बाहिर हुँदा समेत कलेज प्रशासनले कुनै चासो नदिने गरेको अबिभावाकहरुको गुनासो रहेको छ ।
कक्षा १२ सम्मलाई माध्यामिक तह भनिन्छ । माध्यामिक तह सम्म अध्यान गर्ने विद्यार्थी कलेज प्रशासनको मातहतमा रहने र कलेज प्रवेश गरे पछी कलेज जिम्मेवार हुनु पर्नेमा मकवानपुर क्याम्पस प्रशासन बिद्यार्थी प्रति संबेदनशील हुन् सकेको छैन यसै कारण मकवानपुर क्याम्पस बेला बेलामा विवादित बन्ने गरेको छ ।
मकवानपुर क्याम्पसमा अध्यनरत विद्यार्थीहरु कलेज प्रशासन जिम्मेवार नबन्दा कलेज प्रशासन जवाफदेहिता नहुँदा आज धेरै विद्यार्थी कुलतमा फसेका छन भने कंयौ विद्यार्थी बाल सुधार गृह देखि कारागार समेत चलान भएका छन केहि विद्यार्थीले सुसाइड सम्म गरेको पाइएको छ । यस प्रकारको घटनाले पनि कलेज प्रशासन कमजोर रहेको पुस्टि हुन्छ ।
मकवानपुर क्यामपस भने शैक्षिक गुणस्तर वृद्धि गर्ने भन्दा पनि क्याम्पसको बजेट बाट मिले सम्मको भ्रमण र मनोरन्जनमै लिप्त हुने गरेको छ । क्यामपस संचालक समिति र क्याम्पसका प्रशासकहरुले क्यामपसको खाता बाट बिबिध खर्च अन्तर्गत २२ लाख बढी खर्च गरेका छन भने प्रशासनिक खर्चमा ९० लाख बरावर खर्च समेत गरेका छन ।
मकवानपुर क्याम्पसले बैंक खाता मात्र २३ ओटा संचालन गरेको पाइएको छ । क्याम्पसले दैनिकी ओभर ट्याम खर्च भनेर ८ लाख बढी भुक्तानी गरेको छ । तर नियमित कक्षा भने संचालन हुन् सकेको छैन कलेजले ओभर ट्याम कक्षा संचालन भनेर यति ठुलो रकम खर्च गर्नुले क्याम्पस प्रशासन प्रति जन गुनासो बढेको हो ।
क्याम्पसले भ्रमणमा मात्र ९ लाख चौहत्तर हजार बढी खर्च गरेको छ भने मकवानपुर बहुमुखी क्याम्पसले कर्मचारी नियुक्ति गर्दा ३ लाख बढी खर्च गरेको पाइएको छ । कर्मचारी नियुक्ति गर्दा क्याम्पसले गरेको यति ठुलो रकमको स्रोत के हो ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट १ किलो मिटरको पेरिफेरिमा रहेको मकवानपुर बहुमुखी क्याम्पसले अविभावक र बिभिन्न दातृ निकायबाट आएको अनुदान रकममा मनमौजी गर्दा अख्तियारले नियमनकारी भूमिका खेल्न नसक्नुले अख्तियार कार्यालय प्रति नागरिकको बिश्वास गुम्ने अवस्था आएको हो ।
मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यम सिलवालले क्याम्पसलाई व्यवस्थित अनुशासित तवरले चलाउन नसकेको आरोप लाग्ने गरेको छ । क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुले राजनीतक दलको प्रचारक बन्नु क्याम्पसको बजेट बाट मनलाग्दी खर्च गर्नु अध्यान गर्न आएका बिद्यार्थी कलेजमा कम होटेल रेस्टुरेन्ट र जंगलतिर बढी देखिनुले पनि क्याम्पस प्रशासन असफल बाटो तिर उन्मुख भएको प्रस्ट हुन्छ ।
बिभिन्न संकायमा अध्यान हुने मकवानपुर बहुमुखी क्याम्पसको जग भनेकोनै कक्षा ११ रहेको र यस वर्षको एसईइ परिक्षाको रिजल्ट समेत सार्वजनिक हुने प्रक्रियामा रहेको अवस्थामा पटक-पटक बदनाम भएको मकवानपुर बहुमुखी क्याम्पसमा अब अविभावकले आफ्ना नानि बाबुको रोजाई शैक्षिक् गन्तब्य मकवानपुर क्याम्पस बनाउलान कि नबनाउलान भन्ने चासो को बिषय बनेको छ ।
प्रतिक्रिया