जेठ १० गते देखि २५ गते सम्म राजमार्ग बन्द हुने

सडक बन्द रहने

जेठ १० गते देखि २५ गते सम्म राजमार्ग बन्द हुने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ जेष्ठ २०८२, ०८:०३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ जेष्ठ २०८२, ०८:०३

सवारी साधनको अत्याधिक चाप रहने नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ । वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको हो ।

सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द गरेर काम गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक रुपमा गर्नुपर्ने निर्माणको काम दिउँसो नै गर्नुपर्ने भनेपछि सडक बन्द गर्न लागिएको हो ।

त्यसैले विकल्पको रुपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बन्दको समयमा काठमाडौंबाट जाने सवारीसाधनहरु नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधनहरु खानीखोलामा रोकिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस