वडा अध्यक्ष कोइरालाको पहलमा बोरीङ गरेको पानीमा डुबेको गाडीको पाट पुर्जा भेटियो

वडा अध्यक्ष कोइरालाको पहलमा बोरीङ गरेको पानीमा डुबेको गाडीको पाट पुर्जा भेटियो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ जेष्ठ २०८२, ०७:०५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ जेष्ठ २०८२, ०७:०५

हेटौंडा उपमहानगरपालिका १६ गैरीगाउँ स्थित बैसाख १९ गते अचानक डुबेको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने बलेरो गाडी अप्रत्यासित रुपमा गाढिए पछी चर्चामा रहेको गाडी डुबाउने खाल्टो बाट गाडिनै बेपत्ता भएको र उक्त गाडी खोजिकार्यको लागि हेटौंडा उपमहानगरपालिका / जिल्ला प्रशासन कार्यालय लगायतले गाडी पत्ता लगाउन गरेको पहल बाट उपलब्धि शुन्य भएको थियो ।

बिभिन्न निकायको पहलमा निरन्तर खोजि गर्दा समेत कुनै पत्तो नलागेको उक्त गाडी केहि दिन यता हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाको पहलमा उपलब्ध श्रोत साधन प्रयोग गरि खोजि कार्यलाई तिब्रता दिने काम बाट आज उक्त स्थानमा डुबेको गाडीको केहि पार्ट पुर्जा भेटिएको छ । वडा अध्यक्ष कोइरालाले आफ्नो सबै स्रोत शक्ति परिचालन गरि उक्त कार्यमा सरिक भएका थिए । कोइरालाको पहलमा गाडी खोजि कार्य अन्तिम चरणमा पुगेको बुझिएको छ । बैसाख १९ गते बाटनै सबै सरोकारवाला निकायले गाडी खोज्ने कार्यलाई निरन्तरता दिए पनि सफल हुन् सकेका थिएनन । गाडी निकाल्ने भन्दै आएको टोलि रमिते बनेर फर्किए पछी कोइरालाले आफ्नै पहलमा उक्त गाडी खोजि कार्य अगाडी बढाएका थिए अन्तत सफल समेत भएको स्थानीयले बताएका छन ।

२०८२ जेस्ठ २ गते भुगर्व शास्त्र केन्द्रिय बिभाग काठमाण्डौबाट टोली खटि आई अनुसन्धान गरी पुन माटो परिक्षणको लागी लिई गएको र उक्त टोलीले सतर्कता अपनाई उत्खनन् गरी सवारी साधन खोज तलास गर्न सकिने भनि स्थानिय जनपतिनिधिहरुलाई सल्लाह दिईएको आधारमा गाडी डुबेको स्थान उत्खनन गरि कोइरालाको पहलमा खोजि कार्य भएको थियो ।

खानि तथा भूगर्व बिभागको टोलीले उक्त गाडी पत्ता लगाउन गरेको ५ दिनको प्रयास असफल भए पछी उक्त टोलि माटो बोकेर फर्किएको थियो । भुगर्व टोलिले समेत गाडी पत्ता लगाउन नसके पछी वडा अध्यक्ष कोइराला आफै गाडी निकाल्न तम्सिएका थिए । आज दिउँसो १२ बजेको समय पछी आफै गाडी डुबेको स्थानमा बसी कोइरालाले क्रेन र स्काभेटरको सहयोगमा हराएको बोलेरो गाडीको खोज तलास कार्य सुरु गरेका थिए । स्थानीय कृष्ण पनेरुका अनुसार आज अबेर सम्ममा गाडी निकाल्न सकिने गरि वडा अध्यक्ष लागि परेको बताए । यता जिल्ला प्रहरी कार्यालय मकवानपुरले समेत वडा अध्यक्ष रामकृष्ण कोइरालाको पहलमा गाडी खोजि कार्य भएको र केहि पार्ट पुर्जा भेटिएको जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस