त्रिभुवन राजपथमा सवारी दुर्घटना १४ जना घाइते

दुर्घटना १४ घाइते

त्रिभुवन राजपथमा सवारी दुर्घटना १४ जना घाइते

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ जेष्ठ २०८२, ०२:३५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ जेष्ठ २०८२, ०२:३५

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने छैसठ्ठी मोडमा १४ जना यात्रु बोकेको विइङर गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज दिउँसो १ बजेको समयमा मकवानपुर भिमफेदी गा.पा.- ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्टी मोडमा चित्लांग बाट सर्लाहीको लालबन्दी जादै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नं. को विङ्गर गाडी दुर्घटना भएको हो ।गाडी सडक देखी करिब २० मिटर तल खसी दुर्घटना भै सल्लाको रूखमा अड्किको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी .भैसे र सिमभन्ज्यांगबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्दार  गरि हेटौडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताउनु भयो ।

दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय पालुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, र इलाका प्रहरी कार्यालय भिमफेदी बाट प्रहरी निरिक्षकको कमान्डमा २५ जनाको प्रहरी टोलि परिचालन भएको छ ।
उक्त गाडीमा चालक सहित १४ जना सवार रहेको र १४ जनानै घाइते भएको बुझिएको छ । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका प्रहरिले जानकारी दिएका छ्न । गाडी ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको प्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस