हेटौंडामा ठगहरुको बिगबिगी समाचार प्रकाशन भए पछी अन्य तथ्य समेत बाहिरिएको छ । सोझा नागरिकलाई किर्ते गरि ठगि गर्ने योजनाका मुख्य योजनाकारको रुपमा चिनिएका अर्का व्यक्ति हुन् हेटौंडा ८ कमाने बस्ने ग्रिम बहादुर आले मगर उर्फ सिब आलेमगर ।
आलेमगरले जग्गा मिलाइदिने भन्दै धेरैलाई ठगि गरेर फरार भएका छन । आलेमगरले हेटौंडाका सयौलाई जग्गा दिने भन्दै बैना- पट्टा गरि करोडौं रकम हत्याएर फरार भएका हुन् । खालि जग्गा देखाउंदै सोझा साझालाई झुक्याउने काममा माहिर आलेमगरले ग्रामिण भेगका जनतालाई योजनाबद्ध तरिकाले फसाउने गरेको तथ्य बाहिरिएको हो । आलेमगरले सोझा नागरिकलाई ललाई फकाई गरि करोडौ ठगि गरेको पाइएको हो । सबैले “काका” नाम बाट परिचित आलेमगर अन्तत “डाँका” भएर निस्किए भन्दै गुनासो गर्न थालेका छन ।
मकवानपुरको बागमती गाउँपालिका बेतिनी बस्ने महेन्द्र रानामगरलाई हेटौडा ५ पिप्लेको जग्गा बिक्रि गर्ने किर्ते तमसुक बनाएर किर्ते लालपुर्जा देखाएर ४० लाख ठगि गरेका हुन् भने उनै आलेमगरले मकवानपुर गढीगाउपालिका ५ बस्ने राजन घिमिरेलाई हेटौंडा ८ कमानेमा जग्गा दिने भन्दै नक्कली लिखत बनाएर २७ लाख बढी रकम ठगि गरेर फरार भएका हुन् । उनै आलेमगरले हेटौंडा १५ को जग्गा पास गरिदिने भनि काठमाडौं ग्वार्खो बस्ने लिलानाथ बन्जारालाई जग्गा देखाई मालपोत कार्यालय मकवानपुरमा लिखत तयार गरि लालपुर्जा भोलि आउछ भनि ४० लाख ठगि गरेका हुन् ।
आलेमगरले हेटौंडाका अन्य ब्यबसायी देखि स्थानीय नागरिकलाई जग्गा दिने भन्दै करोडौ ठगि गरेर फरार भएका छन भने उनले हेटौंडा देखि पर्सा ठोरी सम्मका नागरिकलाई ठगि गरेको बुझिएको हो । आलेमगरले अन्य व्यक्तिको जग्गा देखाएर किर्ते काम गरि सयौं को घरवार उठिवास लगाएका छन ।
जग्गा मिलाई दिने भन्दै मगरले हेटौंडाका कयौको करोडौ ठगि गरेर फरार भएका छन । नगरपालिकाको कर्मचारी देखि पुलिस प्रशासन सम्मका ब्यक्तिको करोड रकम उठाएर बेपत्ता मगरको जिल्ला अदालत मकवानपुरमा ८ थान मुद्धा प्रक्रियामा रहेको छ । घर जग्गा कारोवार गर्ने आलेमगरले सयौको उठिवासनै लगाए । मालपोत कार्यालय हेटौंडाका केहि कर्मचारी र लेखापढी व्यवसायीलाई प्रभावमा पारेर आलेमगरले ठगि धन्दानै चलाएका थिए । फलफुल ब्यापारी देखि रियल स्टेटको कारोवार गर्ने सम्मलाई ठगि गरेका आलेमगरले बेला-बेलामा खशी र रक्सि बुझाउन जिल्ला प्रहरी कार्यालय धाउने समेत गरेको तथ्य सार्वजनिक भएको छ ।
यो समाचार तयार गर्दा सम्म आलेमगरले सय जना भन्दा बढीलाई ठगि गरेको तथ्य बाहिरिएको छ । जग्गा मिलाइदिने पास गरि दिने भन्दै ठगि अभियान चलाएका आलेमगरलाई हेटौंडाका अन्यले समेत साथ् दिएको पिडित पक्षले बताएका छन । मगरले हेटौंडा उपमहानगरपालिकाको कर्मचारी देखि मालपोतका कर्मचारीलाई समेत ठगि गरेर फरार भएका हुन् ।स्रोतका अनुसार आलेमगर भक्तपुर आसपासमा लुकेर बसेको बुझिएको छ प्रहरी प्रशासनले आलेमगरलाई पक्राउ गर्न आनाकानी गरे पछी सयौ पिडितको रकम डुब्ने खतरा देखिएको हो ।
हेटौंडाबाट एकाएक फरार हुने जनताको पैसा लुट्नेहरुलाई प्रहरीले कहिले गर्ला कारवाही र?? पीडित पक्षले न्याय पाउन कहाँ जानु पर्ने हो ? आलेमगरलाई ठगि कार्यमा सहयोग गर्ने को-को हुन् खोजीको बिषय बनेको छ ।
प्रतिक्रिया