मनहरीको जङ्गलमा मृत अवस्थामा भेटीए सापकोटा

मृत्यु

मनहरीको जङ्गलमा मृत अवस्थामा भेटीए सापकोटा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ जेष्ठ २०८२, ०७:०९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ जेष्ठ २०८२, ०७:०९

मकवानपुरको मनहरी गाउँपालिका ५ मा रहेको जंगलमा एक जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

मकवानपुर मनहरी गाउँपालिका ५ डिल्लिपुर बस्ने बर्ष ३५ को बिष्णु प्रसाद सापकोटा केहि दिन देखि हराएकोमा आज उनको सब मनहरी गाउँपालिका ५ कोइराला डाँडा स्थित थलि जंगलमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता  श्यामु अर्यालले बताए ।

प्रहरीका अनुसार सापकोटा घरमा कोहि कसैलाई नसोधी घरबाट निस्की हिडेकोमा आफन्तहरुले सबैतिर खोजतलास गर्दा समेत फेला पर्न नसकेको तर आज दिउँसो २ बजेको समयमा आफन्तलेनै खोजतलास गर्दै जाने क्रममा घर देखी १.५ किलोमिटर पश्चिम दक्षिण तर्फ रहेको जिल्ला मकवानपुर मनहरी गाउँपालिका कोइराला डाँडा स्थित थलि जंगलमा  मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले जंगलमा शब् भेटिएको खवर पाउना साथ प्रहरी टोलि पुगी घटनास्थल सुरक्षित राखि मुचुल्का तथा अनुसन्धानको काम भैरहेको प्रवक्ता अर्यालले बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस