बैशाख २५ गते बसेको मन्त्री परिषदको बैठकमा गभर्नरको नियुक्तिको बिषयले स्थान नपाए पछी सत्ता समीकरणमा कांग्रेस भित्र बाटनै सरकार संचालनको औचित्य नरहेको आवाज उठान भए पछी आज पार्टी सभापतिले पदाधिकारी बैठक बोलाएका छन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहान नौ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्ने छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने सभापति देउवाको सचिवालयले जनाएको छ । आजको पदाधिकारी बैठकले अब कांग्रेसको रणनीति के हुने बिषयमा समेत छलफल हुने बुढानीलकण्ठ स्रोतले बताएको छ ।
प्रकाशित मिति: २६ बैशाख २०८२, ०८:३४ बजे
प्रतिक्रिया