पाकिस्तानी समूह र भारत बीच भएको पछिल्लो युद्ध हिंस्रक बन्दै गएको छ । पाकिस्तानी समुहले भारतीय क्षेत्रमा एक पछी अर्को हमला गर्न थाले पछी भारतीय प्रधानमन्त्री आफै उक्त हमलाको अपरेशन नाम दिएर आफ्नो ध्यान उक्त हमलामा केन्द्रित गरेका छन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर पूरै ध्यान कश्मिरमा चलाइएको ‘अपरेशन सिन्दूर’मा लगाएका छन् । एएनआईका अनुसार प्रधानमन्त्री मोदीले ९ वटा ठेगानामा हमला सफल भएको प्रतिक्रिया समेत दिएका छन् ।
भारतीय सेनाले अतिवादी गतिविधि गरेको आरोपमा जैश ए–मोहम्मद र लश्करका शीर्ष नेतृत्व रहेका क्षेत्रलाई निशाना बनाएको र आक्रमणका लागि तिनै क्षेत्रहरु छनोट गरेको हो ।
‘अपरेशन सिन्दूर’का कारण हवाई उडानहरु अस्तव्यस्त भए । इंडिगो एयरलाइन्सले उत्तरी भारतको आकाशमा हवाई क्षेत्रमा आएको परिवर्तनका कारण कयौं उडान प्रभावित भएको बताएको छ । उसका अनुसार श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बीकानेरबाट आउने जाने सबै उडानहरु डिले गरिएको छ ।
पाकिस्तानमाथि भारतले गरेको आक्रमणको कोडनेम ‘अपरेशन सिन्दूर’ दिइएको र जसको जानकारी अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रुसलाई दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले अपरेशन सिन्दुर नाम दिएर उक्त हमलालाई निरुत्साहित पार्ने र पाकिस्तानी समूहमाथि निरन्तर निगरानी गर्ने योजना सार्वजनिक भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन ।










प्रतिक्रिया