मकवानपुरमा रुखले च्यापीएर मृत्यु

मृत्यु

मकवानपुरमा रुखले च्यापीएर मृत्यु

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१६ बैशाख २०८२, ०७:५५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१६ बैशाख २०८२, ०७:५५

मकवानपुरको बागमती गाउँपालिका ३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

वैशाख १५ गते सांझ अन्दाजी ५ बजेको समयमा बागमती ३ देउजोर स्थित सुर्य किरण सामुदायिक बन उपभोक्ता समितिको ठेक्का लागेको रुख काट्ने क्रममा च्यापिएर इलाम नगरपालिका ९ बस्ने अन्दाजी बर्ष ४६ को दिल कुमार लिम्बुको मृत्यु भएको हो ।

रुखले च्यापेर घटना स्थलमै मृत्यु भएको भन्ने खवर प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी पुगेको थियो । प्रहरी घटना स्थल पुग्दा मृत्यु भैसकेको देखिए पछी घटना स्थललाई प्रहरीले सुरक्षित् राखेको र अहिले प्रहरी निरिक्षक् बिस्वम्भरनाथ साहको कमाण्डमा प्रहरी उक्त स्थानमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस