शिक्षक आन्दोलन दबाउन एमाले निकट स्थानीयतहको दवाब लाग्न सक्छ आन्दोलनमा पूर्ण बिराम

शिक्षक आन्दोलन

शिक्षक आन्दोलन दबाउन एमाले निकट स्थानीयतहको दवाब लाग्न सक्छ आन्दोलनमा पूर्ण बिराम

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ बैशाख २०८२, ०७:४६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ बैशाख २०८२, ०७:४६

चैत २० गते बाट सुरु भएको शिक्षक आन्दोलनले २४ दिन पुरा गरेको छ भने आज २५ औ दिनको आन्दोलनको तयारि भैरहेको भए पनि शिक्षक आन्दोलन दबाउन स्थानीयतह निर्वाचन २०७९ मा नेकपा एमालेले जितेका स्थानीयतहले शिक्षकहरुले नियमित बिद्यालय उपस्थित हुन् प्रेस बिज्ञप्ति मार्फत जानकारी सहितको दवाब दिएको छ ।

शिक्षक आन्दोलनलाई निरुत्साहित पार्न स्थानियतहले शिक्षकहरुलाई मानसिक रुपमा दवाब समेत दिएको छ । नेकपा एमाले निकट शिक्षक संघ/ संघठनलाई नेकपा एमाले केन्द्रीयतह बाट नै आन्दोलनमा सरिक नहुन र बिद्यालय संचालन गर्न दबाव दिंदै आएको शिक्षक आन्दोलनका अगुवाहरुनै बताई रहेका छन । नेकपा एमालेले जितेको स्थानीयतहले शिक्षक आन्दोलन दबाउन हाजिरको आधारमा मात्र पारिश्रमिक दिने भनेर समेत आन्दोलनलाई कमजोर बनाउने सम्मको चेतावनी दिएको छ ।

गुल्मीको कालिगण्डकी गाउँपालिकाले १४ गतेदेखि विद्यालय नआउने शिक्षकहरुले राजीनामा दिन निर्देशन दिएको छ ।आन्दोलनरत शिक्षकहरुलाई विद्यालय फर्किन आग्रह गर्दै अटेर गरे राजीनामा दिन गाउँपालिकाले निर्देशन दिएको हो । शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनले पालिकाभित्रका सबै विद्यालयहरुको अध्ययन अध्यापनमा समस्या परेकोले १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न सबै शिक्षक तथा कर्मचारीहरुलाई अनुरोध गर्दै उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजिनामा दिन तथा सरुवा प्रकृया अगाडि बढाएर जान निर्देशन दिएको गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले जारी गरेको सूचनामा भनिएको छ ।

यता मकवानपुरका बिभिन्न सामुदायिक विद्यालयले समेत शिक्षक आन्दोलनलाई कमजोर बनाउन शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलन बिपरित बिद्यालय संचालन गर्दै आएको पाइएको छ । मकवानपुरका केहि सामुदायिक विद्यालयले विद्यालयका शैक्षिक गतिविधिलाई निरन्तरता दिंदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस