मोटरसाइकल र मान्छे जलेको अवस्थामा भेटियो

जलेर मृत्यु

मोटरसाइकल र मान्छे जलेको अवस्थामा भेटियो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
९ बैशाख २०८२, ०९:१८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
९ बैशाख २०८२, ०९:१८

मान्छे र मोटरसाइकल एकै स्थानमा जलेको पाइएको छ । मोटरसाइकल जलेको स्थल संगै एक व्यक्तिको जलेको अवस्थामा शव भेटिएको हो । कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको बताए ।

बेलौरी नगरपालिका १० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान पौने ७ बजेतिर जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जलेको अवस्थामा भेटिएको शवको सनाखत भने हुन सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस