सुनको मुल्यमा नयाँ कीर्तिमान तोलामा १ लाख ९० हजार माथि

सुनको मूल्य

सुनको मुल्यमा नयाँ कीर्तिमान तोलामा १ लाख ९० हजार माथि

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
८ बैशाख २०८२, ११:०१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
८ बैशाख २०८२, ११:०१

पछिल्लो समय सुनको मूल्य बढ्ने नियमित तालिका जस्तै भएको छ ।

नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यसयता सुनको मूल्य सामान्य घटबढ भएकामा सोमबारसम्म आइपुग्दा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । आइतबारकै तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको छ । नेपाली बजारमा दैनिक जसो सुनको मूल्य वृद्धि हुँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस