श्रीमतीको हत्या छोरा छोरी घाइते श्रीमान फरार

हत्या

श्रीमतीको हत्या छोरा छोरी घाइते श्रीमान फरार

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
८ बैशाख २०८२, ०९:०९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
८ बैशाख २०८२, ०९:०९

काठमाडौँमा एक महिलाको हत्या भएको छ भने हत्या भएकी महिलाको एक छोरा र एक छोरी घाइते भएका छन ।

काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–९ स्थित सानागाउँमा एक जना महिलाको हत्या भएको छ ।

खुकुरी प्रहारबाट सिन्धुली माइती भएर सानागाउँमा डेरामा बस्ने पुतली तामाङको हत्या भएको हो ।

मृतकका श्रीमान् रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका पदमबहादुर तामाङ फरार छन् । गएराति साढे ९ बजेतिर श्रीमतीको हत्या गरेपछि ५८ वर्षीय पदम भागेका प्रहरीले बताएको छ ।

घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरीपनि घाइते अवस्थामा भेटिएका छन् । उनीहरूलाई उपचारको लागी ट्रमा सेन्टरमा भर्ना गरिएको छ । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस