युवतीमाथि गोली प्रहार

गोली प्रहार

युवतीमाथि गोली प्रहार

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ बैशाख २०८२, ११:२४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ बैशाख २०८२, ११:२४

रुपन्देहीमा एक युवतीमाथि गोली प्रहार भएको छ ।

बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। बुटवल-११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ।

पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल-११ मा बुद्धनगर खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी रञ्जित सिह राठौरले मोटरसाइकलमा आएका युवकले ९:३० बजेतिर २९ वर्षीय अविवाहित युवतीलाई गोली प्रहार गरेको प्रहरीले बताएको छ  ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने को हुन् भन्ने अहिले सम्म खुल्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस