आज बिहान परेको पानीको कारण देशका बिभिन्न स्थानमा क्षति पुगेको छ भने बुटवल बाट पाल्पाको लागि हिडेको कार पुरिएको छ ।
बुटवल पाल्पा सडक खण्डको सिद्धार्थ राजमार्गमा खसेको पहिरोमा कार पुरिएको हो । तिनाउ गाउँपालिका ३ को बुटवल पाल्पा-सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले कार पुरिएको प्रहरीले जनाएको छ ।
भैरवस्थानतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथिबाट आएको पहिरोका कारण पूर्णरुपले क्षति भएको राजमार्ग ट्राफिक सुरक्षा कार्यालय बुटवलले जनाएको छ ।
कारमा सवार यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ । पहिरोले पुरिएको कार निकाल्ने प्रयास जारि रहेको छ । चैत २७ गते बाट चितवन बुटवल सडक खण्ड मर्मत गर्ने भन्दै उक्त राजमार्ग बन्द भए पछी बैकल्पिक मार्गको रुपमा बुटवल पाल्पा सडक खण्ड प्रयोगमा आएको छ ।
प्रकाशित मिति: ३० चैत्र २०८१, १२:४२ बजे










प्रतिक्रिया