नेपालि सांगेतिक क्षेत्रमा पछिल्लो समय मोडलिङ क्षेत्रमा चर्चा कमाउन निक्कै कठिन रहेको अवस्थामा मोडेल बादल घिमिरे र अस्मिता सुबेदीले बिभिन्न सांगेतिक प्रस्तुति मार्फत नेपालि संगीत पारखी माझ निक्कै चर्चा बटुल्दै आएका छन ।
पछिल्लो समयका म्युजिक भिडियोमा ब्यस्त रहने सुचिमा रहेका मोडल बादल घिमिरे र अस्मिता सुबेदीको अभिनयमा ‘न दिन सकेँ खुसी तिमीलाई‘ गीतको म्युजिक भिडियो सार्वजनिक भए संगै बादल र सुस्मिताको अभिनय चर्चामा रहेको छ ।
सन्जिबकुमार पौडेलको शब्द संगीत र स्वर रहेको गीतमा कलाकार बादल घिमिरे र अस्मिता सुबेदी प्रेमी प्रेमिकाको जोडीको रूपमा देखिएका छन् भने गीता बिष्टको समेत उक्त गीतमा सहायक भुमिकामा देखिएकी छन् ।
बिक्रम चौहानको निर्देशन प्रकाश खड्काको छायाँकन लक्ष्मण चौहानको सम्पादन र मिलन विश्वकर्माको रंग सम्पादन रहेको भिडियो दर्शक स्रोताहरूले मन पराएका छन् । भिडियो संजिबकुमार पौडेल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । पछिल्लो समय उक्त म्युजिक भिडियो दर्शक श्रोताको रोजाइमा परेको छ ।
प्रतिक्रिया