६ किलो गाँजा सहित युवती पक्राउ

युवती पक्राउ

६ किलो गाँजा सहित युवती पक्राउ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ चैत्र २०८१, ०६:०३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ चैत्र २०८१, ०६:०३

कुन्टेलका कुन्टेल सुन भित्रिने त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा भने आज लागुऔषध गाँजा सहित एक बिदेशी नागरिक पक्राउ परेकी छिन । नेपाल बाट गाँजा बाहिर जाने गरेको तथ्यलाई समेत चुनौती दिने गरि बाहिरि देशबाट समेत गाँजा नेपाल आउने तथ्य भेटिएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलबाट ६ किलो गाँजासहित एक विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको विमानस्थलमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

६ किलो गाँजासहित पक्राउ पर्नेमा थाइल्याण्डकी २७ वर्षीया मिस कनोकवान पोंगसुवान रहेकी छिन् । उनलाई विमानस्थलको भन्सार एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको लगेजबाट ६ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

उनी थाइ एअरको उडानमार्फत काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धानका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस