बालेनले दिए राप्रपालाई धन्यवाद

बालेनको धन्यवाद

बालेनले दिए राप्रपालाई धन्यवाद

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ चैत्र २०८१, ०५:४० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ चैत्र २०८१, ०५:४०

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धन्यवाद दिएका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश समितिले काठमान्डौको बल्खुमा आयोजना गरेको बृहत आमसभा एवं प्रदर्शनका क्रममा आमसभा स्थलमा राप्रपा नेता कार्यकर्ताले सरसफाई गरेको भन्दै मेयरले धन्यबाद दिएका हुन् ।

आमसभा भएको स्थलमा कार्यक्रम सकिने बितिक्कै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाण्डौंका मेयरले फोहोर भयो भनेर पत्र काट्न सक्छन हतारिएर बसेका होलान यसर्थ सबै स्वयम् सेवक साथीहरुले फोहोर ब्यबस्थापन गरेर मात्र जानु होला भने पछी नेता कार्यकर्ताले आमसभा स्थल सफा गरेका थिए ।

राप्रपाले आमसभा स्थल सफा गरे पछी मेयर बालेनले सामाजिक संजाल मार्फत भने “कसैले फोहोर गर्छन र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन ।सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति,संस्था र कार्यक्रमले फोहोर नगरोस भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाई गरेकोमा धेरै धेरै धन्यवाद छ ।“

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस