बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना भै उपचारार्थ वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ ।
रिसालको केहि समय अगाडी राति पौने ८ बजे निधन भएको उनका पारिवारिक श्रोतले जानकारी गराएको हो । नेपाली पत्रकारिता क्षेत्र बाटनै रिटायर्ड भएका रिसालले आफ्नो शरीर दाङ गरेका कारण उनको सब लाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान तयारि भएको छ ।
९७ वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिमा लामो समय काम गरेका पत्रकार रिसाल राससमा अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहेर समेत लामो समय काम गरेका थिए ।
स्तम्भ बाट आफ्नो बिचार प्रस्तुत गर्न माहिर मानिएका रिसाल राससबाट प्रमुख संवाददाता भएर अवकाश भएका थिए । पत्रकार रिसालले आफ्नो देहावसानपछि शरिरलाई मेडिकल अध्ययन प्रयोजनका लागि दान दिने घोषणा गरेका थिए । सोहि अनुसार उनको सबलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिने भएको हो ।










प्रतिक्रिया