राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लामिछाने निवास पुगेको प्रहरी टोलिले लामिछानेको बेड रुममै पुगेर तपाईको अन्तिम इच्छा के छ भनेर सोधे पछी लामिछाने निकट समर्थक ससंकित भएका छन ।
लामिछानेले सामाजिक संजाल मार्फत सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिलेनै गिरफ्तारी दिने छु भनेर सामाजिक संजाल मार्फत जानकारी गराउदा गराउंदै प्रहरी लामिछाने निवास प्रवेश गरि गिरफ्तार गरेको थियो ।
लामिछानेलाई पक्राउ पछी यति बेला जिल्ला प्रहरी परिसर अगाडी लामिछाने समर्थक र प्रहरी बीच मुठभेड समेत भएको छ भने प्रहरीले भर्खरै उक्त स्थान बाट रास्वपा समर्थक कृष्ण बहादुर थापालाई पक्राउ गरेको घटना स्थल बाट आशिष थापाले जानकारी दिनु भएको छ ।
लामिछानेलाई यति बेला जिल्ला प्रहरी परिसर काठमाडौं लागिएको छ । लामिछानेलाई आज त्यहि राख्ने वा रातिनै भैरवहा लैजाने बिषय अनविज्ञ रहेको छ । रवि पक्राउ पछी यति बेला जिल्ला प्रहरी परिसर अगाडी रवि समर्थक हरुको भिडभाड रहेको छ ।










प्रतिक्रिया