मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा आगलागीको कारण एक घर जलेर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज दिउँसो अन्दाजी १२ बजेको समयमा राक्सिराङ गाउँपालिका ४ का राम बहादुर थिङको घर जलेर नस्ट भएको हो । राक्सिराङ ४ तार्सिकोट रेना स्थित जंगलबाट लागेको आगो हावाहुरीको कारणले आगोको झिल्काले जंगल नजिकै रहेको राक्सिराङ ४ बस्ने राम बहादुर थिङको १ तल्ले काठको खरले छाएको कच्चि घरमा आगोलागि भएको प्रहरीले जनाएको छ ।
आगलागी बाट घर भित्र रहेको मकै, कोदो, चामल लताकपडा, भाँडाकुडा, सोलार प्यानल जलि पुर्णरुपमा नष्ट भएको स्थानीयले जानकारी गराएका छन आगलागी बाट अन्दाजी रु १,५०,००० बरावर क्षति भएको छ ।
आगलागिबाट मानबिय तथा चौपायाहरूको क्षति नभएको, स्थानियहरुको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले बताए ।










प्रतिक्रिया