काठमाण्डौं महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनले आज कसलाई टुकुचामा गाड्ने हुन् बिषय चासोको बिषय बनेको छ ।
राजनीतिका घेरावन्दीमा परेर काम गर्न नपाएका मेयर बालेनले अन्तत टुकुचामा गाडदिन्छु भनेको आज सात दिन भयो । बोलीलाई ब्यबहारमा उतार्ने हक्की स्वभाबका मेयर भनेर चिनिएका बालेनले यो भनाईलाई भने कत्तिको ब्यबहारमा उतार्न सक्लान भन्ने बिषयलाई जनचासोको बिषय बनाइएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरका सरसफाइ कर्मचारीले एक हप्ताभित्र तलब नपाए ’सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै सो धम्की दिएका हुन् । उनले एक हप्ताको समय दिएको आज अन्तिम दिन हो ।

सरकारको दम्भका कारण सरसफाइ कर्मचारीले तीन महिनादेखि तलव खान नपाएको बालेनको आरोप छ । बालेनले एक हप्ता भित्र सरसफाई कर्मचारीले तलब नपाए टुकुचामा गाडदिन्छु भन्ने धम्कि दिए पनि हाल सम्म सरसफाई कर्मचारीले तलब पाउन सकेका छैनन् ।
उनले लेखेका छन्, ‘को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमीहरुको के के तन्त्र हो !!’ बालेनलाई काम गर्न अफ्ठ्यारो बनाउने रणनीतिका साथ सरकारले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय पठाउन सकेको छैन ।बालेनले सामाजिक संजाल मार्फत एक हप्ता अगाडी दिएको धम्कि आज ब्यबहारमा उतार्न सक्लान त् ?










प्रतिक्रिया