नेपाली बजारमा आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रवारको लागि तोकेको मूल्य अनुसार सुनको मूल्य बढेर प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको हो । बिहीबार प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँ रहेको थियो । शुक्रबार प्रति तोला १ हजार ४ सयले बृद्दि भएको महासङ्घले बताएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । योसँगै चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन यो मूल्य २ हजार २० रुपैयाँ रहेको थियो ।नेपाली बजारमा सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
प्रकाशित मिति: १५ चैत्र २०८१, ११:१७ बजे










प्रतिक्रिया