हेटौडा उपमहानगरपालिका भित्र नदिजन्य पदार्थको ठेक्का नखुलेको बर्षौ भयो तर नगरपालिका भित्र रहेका क्रसर उद्योग बालुवा प्लान्ट भने कुनै दिन बन्द नभई निर्वाध चली रहेको पाइएको छ ।
नगरपालिकाले ठेक्का पनि खोलेको छैन अमानतमा उठाउने कुनै पनि निर्णय समेत नगरेको अवस्थामा हेटौडा उपमहानगरपालिका भित्र रहेका क्रसर तथा बालुवा प्रसोधन उद्योगले भने अबैध रुपमा चोरी निकासी गरि उत्खनन गर्ने कार्य चलिरहेको छ ।
राज्यलाई कुनै पनि राजस्व दाखिला नगरी अबैध उत्खनन गर्दा राज्यका सरोकारवाला निकाय पनि मौन देखिएको छ ।
हेटौडा उपमहानगरपालिकाको वडा नम्बर ७ वडा नम्बर ८ र वडा नम्बर ९ बाट अबैध उत्खनन गर्ने गरेको राज्य सयन्त्रलाई जानकारी हुँदा समेत राज्यका सरोकारवाला निकायले ध्यान दिन सकेको छैन ।
हेटौंडाको १५ नम्बर वडा बाट अबैध रुपमा नदिजन्य पदार्थ ओसार पसार गर्दा नजिकै रहेको प्रहरी चौकीले नियन्त्रण गर्नुको सट्टा उल्टै बाटो किल्यर पारिदिने काम गरेको हेटौडा ८ का रिजन कालाखेतिले बताए ।
हेटौडा उपमहानगरपालिकाले बिशेष ध्यान दिनु पर्ने देखिए पनि उपमहानगरपालिकाले चासो दिन सकेको छैन बेला बखतमा हेटौडा उपमहनागरपालिकाको नगर प्रहरीले कमाने आसपासमा अबैध उत्खनन गरि आएका ट्याक्टर नियन्त्रणमा लिने गरेको भए पनि स्थानीय जनप्रतिनिधिको दवाब पछी राजस्व रसिद बेगरनै छोडी दिने गरेको समेत पाइएको हो ।
हेटौडा उपमहानगरपालिकाले यस्ता अबैध रुपमा उत्खनन गरि ढुवानी गरेको ट्याक्टर नियन्त्रणमा लिएको अवस्थामा उपमहानगरपालिकाले प्रति ट्याक्टर तिन हजार जरिवाना लिने गरेको नगरपालिकाका राजस्व साखा प्रमुख मनोज कुमार सुबेदीले बताउनु भयो पहिलो पटक भए तिन हजार त्यो भन्दा बढी पटक भए दोब्बर जरिवाना गर्ने गरेको बताए ।
हेटौडा उपमहानगरपालिकाको नगर प्रहरीले आज हेटौडा ८ राजपानिमा अबैध रुपमा उत्खनन गरि ढुवानी गरेका ट्याक्टर नियन्त्रणमा लिएको छ भने उक्त ट्याक्टर छुटाउन जनाप्रतिनिधिनै लागि परेको श्रोतको दावी रहेको छ ।










प्रतिक्रिया