नेपाल प्रहरीको इमाडोल प्रहरी वृत्त ललितपुरले युवकको हत्या गर्ने २५ बर्षीय सुमन रसाईलीलाई पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको खवर प्रहरी कन्ट्रोलमा सुचना आउना साथ प्रहरीले उक्त एरियालाई सर्च गर्दा हत्या गर्ने सुमनलाई पक्राउ गर्न सफल भएको इमाडोल प्रहरी श्रोतले बतायो । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ ।
गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
उनीहरुबीच बहिनी जिस्काएको विषयमा विवाद थियो, सोही सन्दर्भमा गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको देखिन्छ,’ इमाडोल प्रहरी स्रोतले भन्यो ।
हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो । हत्याको अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । पारिवारिक बिषयमा झैझगडा हुँदा हत्या भएको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको प्रहरी श्रोत को भनाइ रहेको छ ।










प्रतिक्रिया